FLASH NEWS
  • Loading...

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा पत्रकार महासंघलाई आर्थिक सहयोग

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८२ पटक पढिएको
लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा पत्रकार महासंघलाई आर्थिक सहयोग

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको छ ।
शनिवार जिल्ला सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा आयोजित प्रतिष्ठानको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा महासंघलाई नगद १० हजार रुपैयाँ सहयोग गरिएको हो ।

नेपाल पत्रकार महासंघले बेनी नगरपालिकाबाट भाडामा लिएकाे साविक खाद्य संस्थान रहेकाे जीर्ण भवन मर्मत गर्न  प्रतिष्ठानका अध्यक्ष धु्रव जिसीले उक्त सहयाेग रकम महासंघका शाखा अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित