FLASH NEWS
  • Loading...

बागलुङको खहरेमा जीप दुर्घटना, एक जनाको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७१ पटक पढिएको
बागलुङको खहरेमा जीप दुर्घटना, एक जनाको मृत्यु

बागलुङको काठेखोला गाउँपालिका–१ पालामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

मध्येपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज विहान करिब ५ बजे बा १८ च ५६७७ नम्बरको रातो पिलेटको पिकअप जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले बताए।

अन्य घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । जीपका चालक फरार रहेका छन् ।