FLASH NEWS
  • Loading...

घरमै कसरी बनाउने किसमिस ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८६ पटक पढिएको
घरमै कसरी बनाउने किसमिस ?

किसमिस मन नपराउने व्यक्ति कमै होलान् । अंगुरलाई सुकाएर बनाइन्छ किसमिस, जसलाई ‘ड्राई फुड’ भनिन्छ । यो ड्राई फुड स्वस्थको लागि राम्रो मानिन्छ । हामीले यसलाई यतिकै खानुका साथै विभिन्न अन्य परिकारमा पनि राखेर खाना सक्छौं । जस्तै खिर, हलुवा लगायत परिकारमा किसमिस राखे परिकारको स्वाद बढ्छ ।

किसमिस बजारमा किन्दा महंगो पर्न जान्छ । यसको तुलनामा अंगुर सस्तो हुन्छ, जसबाट घरमा सजिलै किसमिस बनाउन सक्नु हुन्छ ।

आवश्यक सामग्री

अंगुर आवश्यकताअनुसार
पानी आवश्यकताअनुसार
भाँडा
ग्याँस
कटनको कपडा
नाङ्लो वा ट्रे

बनाउने तरिका

अंगुर आवश्यकताअनुसार खरिद गरेर ल्याउनुहोस् ।
झुप्पाबाट अंगुर एक–एक गर्दै नफुट्ने गरी निकाल्नुहोस् ।
अंगुरलाई सफा पानीले धुनुहोस् ।
अब अंगुर र पानी बराबरी एउटा भाँडामा राख्नुहोस् ।
अंगुर र पानी भएको भाँडा ठिक्कको आगोमा १० देखि १५ मिनेट राख्नुहोस् ।
अब अंगुरको रङ बद्लिएर पहेँलो देखिन्छ र पानीमाथि तैरिन्छ ।
पहेँलो भएको अंगुर पानीमाथि तैरिएपछि पानीबाट झिक्नुहोस् ।
पानीबाट निकालेको अंगुरबाट पानी निस्किन दिनुहोस् ।
त्यसपछि कपडा ट्रे वा नाङ्लोमा विछ्याउनुहोस् ।
विछ्याएको कपडामा पानी निख्रिएको अंगुर एक–एक गर्दै राख्नुहोस् ।
यसरी अंगुर राख्दा एक–अर्कामा नटाँसिने गरी राख्नुहोस् ।
ट्रे वा नाङ्लोमा राखिएको अंगुरलाई चर्को घाम लाग्ने ठाउँमा राख्नुहोस् ।
यसरी अंगुरलाई एकदेखि दुई दिनको चर्को घाममा सुकाउनुहोस् ।
अब किसमिस तयार हुन्छ । र, यसलाई तपाईँले अवश्यकता अनुसार खाना सक्नु हुन्छ ।