- Loading...
बेनीमा चौथो बौद्ध कप प्रतियेगिता सुरू

- पुनहिल डट कम
- २ हप्ता अघि
- ६६ पटक पढिएको
म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा साविक धौलागिरि अञ्चलमै सर्वाधिक पुरस्कार राशिको ‘चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता’ आज बुधबारदेखि सुरु भएको छ।
बौद्ध युवा क्लब, मङ्गलघाटको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गरे।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, क्लब अध्यक्ष दुर्गा बुढामगर र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले खेल पूर्वाधार विकास तथा स्थानीय युवामा फुटबल आकर्षण बढाउन प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
कात्तिक २२ गतेसम्म चल्ने यस प्रतियोगितामा १४ वटा टोलीले सहभागिता जनाएका छन्। आजको उद्घाटन खेल बौद्ध ह्वाइट क्लब र बेनी नगरपालिका–१ आनन्दबगरको सेभेन स्टार युथ क्लबबीच भएको छ।

प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ रुपियाँ र ट्रफी पाउनेछन् भने उपविजेताले १ लाख ११ हजार १११ रुपियाँ, तेस्रो हुनेले ५५ हजार ५५५ रुपियाँ र अनुशासित टोलीले २२ हजार २२२ रुपियाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ७ हजार ७७७ रुपियाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि कुल १६ लाख ५७ हजार ७७२ रुपियाँ खर्च हुने अनुमान गरिएको छ। ५० रुपियाँको दर्शक टिकटबाट सङ्कलित रकमको ४० प्रतिशत असोज दोस्रो साताको बाढीपहिरो प्रभावितलाई राहतस्वरूप हस्तान्तरण गरिने र बाँकी बचत रकम क्लबको भवन निर्माण तथा कोष स्थापनामा उपयोग गरिने अयेजकले जनाएके छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























