FLASH NEWS
  • Loading...

म्याग्दीमा चौथो बौद्ध कपको तयारी पूरा, भोलिदेखि बेनीमा खेल सुरु हुने

म्याग्दीमा चौथो बौद्ध कपको तयारी पूरा, भोलिदेखि बेनीमा खेल सुरु हुने

म्याग्दीको सदरमुकाम बेनीमा साविक धौलागिरि अञ्चलमै सर्वाधिक पुरस्कार राशि बोकेको ‘चौथो बौद्ध कप-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

बौद्ध युवा क्लब, मङ्गलघाटको आयोजनामा हुन लागेको प्रतियोगिताको खेलमैदान व्यवस्थापन, आर्थिक सङ्कलन, प्रचारप्रसार तथा स्वयंसेवक परिचालन लगायतका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको पूर्वसन्ध्यामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष दुर्गा बुढा मगरले आगामी कार्तिक १८ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

भोलि कार्तिक १८ गते दिउँसो ३ बजेबाट औपचारिक रूपमा फुटबल प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा विजेता बन्ने टोलीले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेता हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ र तृतीय हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ।

यसका साथै, प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने अनुशासित टिमलाई २२ हजार २ सय २२ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, गोलकर्ता, मिडफिल्डर, र डिफेन्डरले जनही ५ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने सचिव श्यामसुन्दर कंडेलले बताए।

धौलागिरि क्षेत्रकै प्रतिष्ठित यस फुटबल प्रतियोगितामा सहभागी हुन र खेलको प्रत्यक्ष आनन्द लिन सम्पूर्ण खेलप्रेमी महानुभावहरूमा बौद्ध युवा क्लबले हार्दिक अनुरोध गरेको छ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र