- Loading...
म्याग्दी कांग्रेस (देउवा) जिल्ला सभापतिमा हिरा पुन चयन

- पुनहिल डट कम
- २ हप्ता अघि
- १३२ पटक पढिएको
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको म्याग्दी जिल्ला अधिवेशनबाट हिराबहादुर पुन सभापतिमा चयन भएका छन्।
सदरमुकाम बेनीमा आइतबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले पुनको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट उपसभापतिमा बुद्धिमाया शेरपुञ्जा तथा सहसचिवमा रामबहादुर विक र प्रतीक पाइजा चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा किस्मा मगर, बबिता पुर्जा पुन, गंगा पुन, रमेश पुर्जा, चिना पुन, रत्नबहादुर विक, बागवीर दर्जी, चिमबहादुर गर्बुजा र लालकुमारी बानियाँ रहेका छन्। नवनिर्वाचित सभापति पुनका अनुसार बाँकी उपसभापति र सचिव पद भने कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गरिनेछ।
यस्तै, अधिवेशनले ३५ सदस्यीय महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ। महाधिवेशन प्रतिनिधिहरूमा क्या. मिनबहादुर कार्की, त्रिलोचन विश्वास विश्वकर्मा, मुकुन्द छन्त्याल, खिमकुमारी पुर्जा, ललिता तिलिजा, कमला तिलिजा, मोहनबहादुर महत, सुशील मल्ल, रविन शेरचन, गोरी घर्ती, प्रकाश बराइली, कृस्मा मगरलगायत रहेका छन्।
पार्टीलाई एकताबद्ध बनाएर लैजाने नेताहरूको जोड
अधिवेशनको उद्घाटन तथा समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले कांग्रेसको मुख्य विरासत शेरबहादुर देउवा पक्षसँगै रहेको दाबी गरे। पार्टीको आधिकारिकतासँगै विशेष महाधिवेशन पक्षधरलाई पनि समेटेर स्वागत गरिने उनको भनाइ थियो।
कार्यक्रममा डा. रत्नबहादुर रावल, मेखलाल श्रेष्ठ र पर्वत कांग्रेसका जिल्ला सभापति रामकृष्ण मल्लले देउवाको नेतृत्वमा मात्रै पार्टी बलियो हुने र सबै पक्षलाई समेटेर लैजान सकिने बताउँदै पार्टी एकतामा जोड दिए।
नवनिर्वाचित सभापति हिराबहादुर पुनले जिल्ला अधिवेशन सम्पन्न भएसँगै जिल्लाका छवै स्थानीय तहका वडाहरूमा विशेष सङ्गठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम लिएर जाने प्रतिबद्धता व्यक्त गरे।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























