- Loading...
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार, कसरी बनाइएको थियो सुरुङ?

- पुनहिल डट कम
- २ हप्ता अघि
- १२४ पटक पढिएको
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठै जना कैदीबन्दीको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार मध्यराति कारागारबाट फरार हुनेमा ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका रहेका छन् । फरार हुनेहरूमा ६ जना कैदी र २ जना थुनुवा छन् । घटनापछि प्रहरीले अनुसन्धान थालेको र फरारको खोजी सुरू गरेको छ।
कारागार प्रशासनका अनुसार उनीहरूले सुत्ने कोठादेखि शौचालयको सेफ्टी ट्यांकी हुँदै बाहिर निस्कने गरी करिब चार मिटर लामो सुरुङ खनेर फरार भएका हुन । सामान्यतया यस्ता घटनाहरूमा कैदीबन्दीहरूले कारागारभित्रै उपलब्ध हुने चम्चा, प्लेट, फलामका साना टुक्रा वा अन्य धारिला वस्तुहरू प्रयोग गरेर हप्ता वा महिनादिनसम्म रातको समयमा गोप्य रूपमा माटो खन्ने गर्छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिम आठबिसकोट गाउँपालिका-१० का ३२ वर्षीय राम विक, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका-४ का २८ वर्षीय हरिबहादुर बुढा (धनबहादुर), सल्यान कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना, जाजरकोट नलगाड नगरपालिका-९ का १९ वर्षीय कपिल परियार, जाजरकोट बारेकोट गाउँपालिका-१ का २५ वर्षीय यज्ञ विक रहेका छन्।
त्यसैगरी, अन्य फरार हुनेहरूमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिम आठबिसकोट गाउँपालिका-५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारी छन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























