- Loading...
मर्मतपछि सञ्चालनमा आयो म्याग्दीको तातोपानी पोखरी, बिरामीको भिड

- घनश्याम खड्का
- ३ हप्ता अघि
- ६८ पटक पढिएको
असोज दोस्रो साता म्याग्दी नदीमा आएको बाढी र बेनी-दरवाङ सडकबाट खसेकाे पहिरोले क्षतिग्रस्त पोखरी पुनःनिर्माण पछि बेनी नगरपालिका–४ स्थित तातोपानीको पोखरी पुनः सञ्चालनमा आएको छ। पोखरी सञ्चालनमा आएसँगै तातोपानी पोखरीमा डुब्न आउने बिरामीको भिड नै लागेको छ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अनुसार कात्तिक ११ गते दिउँसोसम्म तातोपानीको पोखरीमा ६ सय बिरामीले टिकट लिएर डुबिरहेका छन्। उपचार गर्न आउनेमा अधिकांश महिला छन्।
सदरमुकाम बेनीदेखि ९ किमी पश्चिम सिङ्गा तातोपानीका बाहेक अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने पाउद्वार तातोपानीमा पनि बिरामीको संख्या बढेको छ। असोज दोस्रो साता कालीगण्डकीमा आएको बाढीले पोखरीसमेत सबै संरचना बगाएकाले रातोपानीको तातोपानी भने बन्द छ। तातोपानीमा पुग्न मोटरगाडीको सुविधा भएकाले बर्सेनि देशका विभिन्न ठाउँबाट बिरामीको संख्या बढिरहेको छ।
तातोपानीमा डुब्न आउनेहरू प्रायः वायुगोला, हाडजोर्नी दुखेको, मुटुको रक्तचाप र छालाका रोगीहरू हुन्छन्। “जोर्नी दुख्ने (युरिक एसिड) बाट पीडित भई लगातार तीन वर्षदेखि तातोपानी डुब्दै आएकी छु, राम्रो भइरहेको छ,” काठमाडौँ स्वयम्भूकी पेमा गुरुङले भनिन्।
सिङ्गा तातोपानीमा पोखरीको रेखदेख गर्न समिति गठन भएको छ। समितिले पोखरीको छेउमा टाँसेको सूचनामा पानीको तापक्रम ४५–६५ डिग्री सेल्सियस र पिउने पानीको तापक्रम ६०–६५ डिग्री सेल्सियस रहेको उल्लेख छ। कुनै औषधी प्रयोग नगरी, शल्यक्रिया नगरी र सुई नखोपी गरिने प्रभावकारी तथा हानिरहित उपचार विधि नै प्राकृतिक चिकित्सा हो। शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रूपमा मान्छेलाई तन्दुरुस्ती प्रदान गर्ने प्राकृतिक चिकित्सा आफैँमा एक अनौठो प्रणाली हो।
त्यहीमध्ये तातोपानी स्नान (जल चिकित्सा) एउटा विधि हो। जल चिकित्सामा पानीको गुणको उपयोग गरी मानिसको शारीरिक तथा मानसिक रोगको उपचार गरिन्छ। पानीबाट हिपवाथ, साउना वाथ, स्टिमवाथ र स्पिनल वाथ गरिन्छ। परम्परादेखि यहाँका तातोपानी कुण्डमा साउना वाथ र स्टिम वाथ गर्ने गरिएको छ।
पृथ्वीको धेरै तल पुगेको पहाडका ढुङ्गा भित्री म्याग्माले तातेको र सो ढुङ्गामा पानीको मूल सम्पर्कमा पुग्दा तलको बाफले धकेलिएर बाहिर निस्कने तातोपानीमा डुबेर आरोग्यता हासिल गर्नुलाई पनि वैकल्पिक उपचार पद्धति मानिन्छ।
आरोग्यताका लागि परम्परादेखि नै संसारभर प्राकृतिक तातोपानीका कुण्डमा स्नान गर्ने गरिन्छ। तातोपानीको कुण्डमा डुबुल्की लगाएर नुहाउने गर्दा छाला, हाडजोर्नी र ग्यास्ट्रिक समेतका रोगहरू निको भएको अनुभवको आधारमा प्राकृतिक चिकित्सामा तातोपानी कुण्ड स्नानतर्फ आकर्षण बढ्दो छ।
तातोपानीको कुण्डमा डुबेर स्नान गरी गरिने प्राकृतिक चिकित्साले संसारभर वेलनेस र रिक्रिएसन पर्यटन तथा शारीरिक एवं मानसिक स्वास्थ्य लाभका लागि तातोपानीका कुण्ड खोज्दै डुबुल्की मार्ने, नुहाउन आउने तातोपानी कुण्ड यात्री (जियोथर्मल टुरिस्ट) को रूपमा विकास भइरहेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























