- Loading...
बङ्गालको खाडीको चक्रवात बिहीबारदेखि भारी वर्षा र हिमपातको उच्च सतर्कता जारी

- घनश्याम खड्का
- ३ हप्ता अघि
- २०२० पटक पढिएको
बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात र पश्चिमी वायुको माथिल्लो रेखाको दोहोरो प्रभावका कारण आगामी बिहीबार (कात्तिक १२) देखि भारी वर्षा, हिमपात र उच्च गतिको हावाहुरी चल्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले अज सेमबार ‘विशेष मौसम बुलेटिन – २’ जारी गरी बङ्गालको खाडीमा बनेको ‘अर्णव’ चक्रवात र उत्तर-पश्चिमबाट आउने माथिल्लो वायुमण्डलको रेखा को संयुक्त प्रभावका कारण नेपालमा वर्षा र हिमपातको जोखिम बढेको उल्लेख गरेके छ ।
जल तथा मौसम विज्ञान विभाग र वरिष्ठ मौसमविद् विनोद पोखरेलको विशेष पूर्वानुमानअनुसार यस प्रणालीका कारण देशका अधिकांश भू-भागमा भारी वर्षा, चट्याङ, हुरीबतास र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको उच्च जोखिम रहेको छ।
बङ्गालको खाडीमा बनेको ‘अर्णव’ चक्रवात थप शक्तिशाली बन्दै कात्तिक ११ (अक्टोबर २८) मा भारतको आन्ध्र प्रदेश र विशाखापटनम नजिकै तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्नेछ। त्यसको अवशेष न्यून चापीय प्रणालीको रूपमा उत्तरतर्फ सर्दै कात्तिक १४ (शुक्रबार) सम्म नेपालको तराई भू-भागमा आइपुग्नेछ।
यही समयमा उत्तर-पश्चिमबाट आउने पश्चिमी वायुको माथिल्लो रेखा नेपालमाथि आइपुग्छ। नेपाल यसको ‘डाइभर्जन्ट’ क्षेत्रमा पर्ने भएकाले माथिल्लो वायुमण्डलमा हावा बाहिरिने प्रक्रिया तीव्र हुन्छ। यसले तल्लो तहको जलवाष्पयुक्त हावालाई तीव्र गतिमा माथितिर खिच्ने गर्छ।
यसरी बङ्गालको खाडीबाट आएको प्रचुर जलवाष्प र पश्चिमी वायुको समिश्रणलाई नेपालका पहाड र हिमालहरूले छेकेर थप माथि धकेल्दा बाक्लो बादलको सृजना भई देशका विभिन्न स्थानमा मुसलधारे वर्षा र हिमपात गराउने वैज्ञानिक विश्लेषण गरिएको छ।
आगामी शुक्रबार (कात्तिक १३) वर्षाको सबैभन्दा वर्षाके संभावना छ। यस दिन पहाडी र मध्य भू-भागका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षा तथा चट्याङसहितको हावाहुरी चल्नेछ भने शनिबारदेखि यो प्रणाली पूर्वतर्फ सर्दै कमजोर हुँदै जानेछ ।
त्यसैविच, जल तथा मौसम विज्ञान विभागले आकस्मिक विपद् तथा जनजीवनको क्षति हुन नदिन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई विशेष अपिल जारी गरेको छ । विभागले पाकेको धानबालीमा क्षति पुग्न सक्ने भएकाले बिहीबारअघि नै भित्र्याउन वा वर्षाको बेला उक्त कार्य स्थगित गर्न र उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम उच्च रहेकाले पर्यटक तथा पदयात्रीहरूलाई सुरक्षित स्थान बाहिर नजान र गएकाहरूलाई पनि सुरक्षित आश्रयस्थलमा बस्न अनुरोध गरिएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























