FLASH NEWS
  • Loading...

बंगालको खाडीमा चक्रवात : बिहीबारदेखि देशभर वर्षा र हिमपातको जोखिम

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १२९ पटक पढिएको
बंगालको खाडीमा चक्रवात : बिहीबारदेखि देशभर वर्षा र हिमपातको जोखिम

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले आगामी बिहीबारदेखि देशभर भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढेको छ।

खाडीमा बन्दै गरेको नयाँ मौसमी प्रणालीका कारण मौसम फेरि प्रतिकूल बन्न लागेको हो । त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद् डा. विनोद पोखरेलका अनुसार बंगालको खाडीबाट आउने जलवाष्पयुक्त वायु र हाम्रे अकाशमा माथिल्लो वायुमण्डलको न्यूनचापीय प्रणाली मिल्न जाँदा वर्षाको जोखिम बढाएको हो।

“आगामी बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न भागमा वर्षाको जोखिम तुलनात्मक रूपमा उच्च रहने देखिएको छ,” मौसमविद् डा. पोखरेलले आफ्नो पछिल्लो अपडेटमा भनेका छन्, “सुदूरपश्चिम र कर्णालीमा यसको असर कम भए पनि लुम्बिनीका पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्छ। हालको मौसमी मोडलअनुसार देशका करिब २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने आकलन गरिएको छ।”

डा. पोखरेलले हिमाली क्षेत्रमा जाने पदयात्री र कृषकलाई विशेष सतर्कता अपनाउन जोड दिएका छन्। “मनाङसहितका हिमाली क्षेत्र र उच्च पहाडी भूभागमा जाने पदयात्री तथा पर्यटन व्यवसायीले विशेष सावधानी अपनाउनुपर्छ,” उनले भने, “किसानहरूले खेतमा पाकेको वा काटिसकेको धान बिहीबारअघि नै थन्क्याउनु उपयुक्त हुन्छ।” यद्यपि प्रणालीको बाटो, समय र वर्षाको मात्रामा अझै केही परिवर्तन आउन सक्ने भएकाले नियमित अपडेट हेर्न पनि उनले सुझाएका छन्।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बुधबारदेखि नै देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा छिटपुट वर्षा सुरु हुनेछ। बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म भने प्रणालीको प्रभाव तीव्र भई कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउनेछ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र