FLASH NEWS
  • Loading...

आगामी साता वर्षा र हिमपातको सम्भावना,सतर्कता अपनाउन आग्रह

आगामी साता वर्षा र हिमपातको सम्भावना,सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा, अग्रज मौसमविद्हरू तथा राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगामी साता वर्षा र हिमपातको पूर्वानुमान गरेका छन ।

सामाजिक सञ्जालमा मौसमसम्बन्धी नियमित अपडेट दिँदै मौसमविद् विनोद पोखरेलका अनुसार आगामी साताको मध्यतिरबाट जलवाष्पयुक्त वायुको प्रवेश तथा न्यूनचापीय रेखा/प्रणालीका कारण देशका केही स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना बढेको छ।

पोखरेलले आफ्ना पछिल्ला अपडेटहरूमा कात्तिकको दोस्रो साता (खासगरी साताको मध्यदेखि) केही पहाडी भूभाग र पूर्व-मध्य भेगमा बदली हुनसक्ने र केही ठाउँमा फाट्टफुट्टदेखि हल्का झरी पर्ने आकलन गर्दै धान काट्ने र भित्र्याउने कृषकहरूलाई मौसमको अद्यावधिक सूचना हेरेर मात्र वाली काट्न र भित्र्याउने योजना बनाउन सुझाएका छन ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कात्तिक १० देखि १६ गतेसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा आंशिकदेखि सामान्य बदली भई चट्याङसहित हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र