FLASH NEWS
  • Loading...

गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएपछि ‘प्रियागोल्ड बिस्कुट’ माथि नेपालमा प्रतिबन्ध

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १४४ पटक पढिएको
गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएपछि ‘प्रियागोल्ड बिस्कुट’ माथि नेपालमा प्रतिबन्ध

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग गरिने अखाद्य चोकर बिस्कुट बनाउन प्रयोग गरिएको पाइएपछि भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ का सबै उत्पादनमा नेपाल सरकारले रोक लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार एक सूचना जारी गर्दै प्रियागोल्ड बिस्कुटको आयात तथा बिक्री-वितरण तत्काल बन्द गर्न र बजारबाट सम्पूर्ण ब्याचका उत्पादन फिर्ता (रिकल) गर्न कडा निर्देशन दिएको छ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन तथा ‘प्रडक्ट रिकल’ प्राविधिक समितिको आकस्मिक बैठकले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै प्रियागोल्ड बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति पूर्ण रूपमा स्थगन गर्ने निर्णय गरेको हो।

भारतीय नियामक निकाय ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ले अक्टोबर १७ मा जारी गरेको प्रतिवेदनका आधारमा नेपालमा यो कदम चालिएको हो।

भारतमा उपभोक्ताको उजुरीपछि प्रियागोल्ड बिस्कुटको उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखानामा छापा मारेको थियो। निरीक्षणका क्रममा बिस्कुटमा फाइबरको स्रोत भन्दै गाईवस्तुलाई खुवाइने चोकर मिसाइएको फेला परेको थियो। उक्त चोकर राखिएका जुटका बोरामा ‘गाईवस्तुको दानाका लागि मात्र’ र ‘मानव उपभोगका लागि अनुपयुक्त’ भनेर स्पष्ट लेखिएको थियो।

यसका साथै कारखानामा सरसफाइ, कच्चा पदार्थको भण्डारण, कीटनाशक नियन्त्रण र कामदारको व्यक्तिगत स्वच्छतामा समेत गम्भीर लापरबाही पाइएपछि भारतमै कम्पनीको इजाजतपत्र (लाइसेन्स) निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको छ।

बजारबाट फिर्ता गरी सुरक्षित रूपमा नष्ट गरिने

नेपालका आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीहरूलाई बजारमा पठाइएका प्रियागोल्डका जुनसुकै ब्याच वा उत्पादन मितिका बिस्कुट तत्काल फिर्ता ल्याउन विभागले आदेश दिएको छ।

फिर्ता गरिएका बिस्कुटहरू स्थानीय प्रशासन वा स्थानीय तहका प्रतिनिधि र खाद्य विभागका प्राविधिकहरूको रोहबरमा मुचुल्का उठाएर सुरक्षित तरिकाले नष्ट गरिनेछ।

यदि विभागको यो निर्देशन उल्लङ्घन गरी बिस्कुट बिक्री-वितरण गरेमा वा जनस्वास्थ्यमाथि खेलबाड गर्ने चेष्टा गरेमा प्रचलित ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ अनुसार कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र