FLASH NEWS
  • Loading...

दशैंको ब्राण्डेड स्वाद ः च्याङ्ग्राको माशु

दशैंको ब्राण्डेड स्वाद ः च्याङ्ग्राको माशु

दशै मनाउने आ-आफ्नै शैली छन । जुन जाति, समुदाय र भुगोलमा रहेपनि परम्परादेखी दशैंलाई उल्लासमय बनाउन नयाँ लुगा, पिङङ, मारहानी वली चढाउने, टिका–जमरा, दक्षिणा र माशुभात मुख्य विशेषता हुन ।
परम्परादेखी नै दशैंलाई धितमरुन्जेल मासुभात खाने चाड भनिन्छ । र नवदुर्गामा पशुवली दिने प्रचलनले यो भनाईलाई पुष्टी गर्छ । र गण्डकी प्रदेशका वस्तीमा दशैं र माशुको चर्चा गर्दा मुस्ताङ्गी च्याङ्ग्राको मासुको स्वाद एउटा ब्राण्ड बनेको छ ।
मुस्ताङ्गी कृषककालागी हिन्दुहरुको प्रमुख चाड दशैं–तिहार आफुले पालेका हिमालय बाख्रा (च्याङ्ग्रा) तथा हिमाली भेडा (चेलुक) बेच्ने मुख्य अवसर हो । मुस्ताङ्को बाटो झर्ने हिमाली भेडाबाख्रा अर्थात चेलुक/च्याङ्गा दशैं/तिहारमा मात्र ल्याईन्छ ।

कृषी तथा पशु सेवा कार्यालय मुस्ताङको अभिलेख अनुसार यस वर्ष दशैं बजारकालागी१३ हजार ७ सय १७ चेलुक/च्याङ्ग्रा मुस्ताङ्गको बाटो भएर बाहिरिएका छन । यी मध्य ११ हजार ६ सय ३ च्याङ्ग्रा र २ हजार १ सय १५ वटा चेलुक हुन । यो संख्या असोज २९ गतेसम्मको हो ।
कार्यालय प्रमुख डा.लालमणी अर्यालका अनुसार यस वर्ष मुस्ताङबाट ७ हजार ९ सय ६४, जुम्लाबाट ३ सय वटा, मुगीबाट २ सय २० डोल्पाबाट २ हजार ६ सय ८० र कोरलानाकाहुदै ४ सय ३८ वटा तिब्बती च्याङ्ग्रा भित्रिएका छन । त्यस्तै, मुस्ताङका १ हजार २ सय ४ वटा, मुगुका २ सय ६० वटा, डोल्पाका ८ सय ७१ वटा चेलुक दशैं बजारकालागी आएका हुन ।
स्वादले तिक्खर र बेजोड मानिने मुस्ताङ्गी खसीको मासु मुल्यमा पनि अत्याधिक महंगो छ । बजारमा पाईने खसीको माशुको तुलनामा दोब्बर/तेब्बर मुल्य तिरेरै पनि हिमाली चिसो वातावरणमा हुर्केको मुस्ताङ्गी च्याँग्राको माशु ‘चिज’को रुपमा बढी विक्री हुने गरेको छ । अनि, मुस्ताङ्गीले गहिरो विश्वास गर्छन कि, ‘सेतो भन्दा कालो रङ्गको च्याङ्ग्राको मासु बढी स्वादिलो हुन्छ ।’
‘मुस्ताङ्गका च्याङ्ग्रा कुनै न कुनै रुपमा (कोसेली) अधिकांश उच्च सरकारी अधिकारी र नेतृत्वमा पुग्ने हो, यस वर्ष माहौल राम्रो नभएकोले बजार लैजाने आँट नआएको वारागुङमुक्तिक्षेत्र गाउँपालिका, फलेकका कृषक स्याङ्वो गुरुङ्ग बताउँछन ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र