FLASH NEWS
  • Loading...

म्याग्दीकाे अन्नपूर्णका बाढीपहिराे प्रभावितलाई पुन समाज नेपालद्वारा ८ लाख बराबरको राहत वितरण

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ५८०१ पटक पढिएको
म्याग्दीकाे अन्नपूर्णका बाढीपहिराे प्रभावितलाई पुन समाज नेपालद्वारा ८ लाख बराबरको राहत वितरण

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको विनाशकारी बाढी र पहिरोबाट विस्थापित भई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका प्रभावितहरूलाई पुन समाजले राहत सामाग्री वितरण गरेको छ।

पुन समाज नेपाल र पुन समाज यूकेको संयुक्त पहलमा अन्नपूर्ण गाउँपालिका–६ घार र वडा नं. ५ शिखस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपहिरो पीडितहरूका लागि कुल ७ लाख ९५ हजार रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराइएको हो।

बुधबार साँझ समाजका उपाध्यक्ष पूर्णबहादुर गर्बुजा पुनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमै पुगेर उक्त राहत हस्तान्तरण गरेको छ। राहत वितरण टोलीमा समाजका प्रतिनिधिहरू राजु शेरपुजा पुन र शेषराम पुर्जा पुन लगायतको सहभागिता रहेको थियो।

टोलीका सदस्य शेषराम पुर्जाका अनुसार होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारहरूलाई तत्काल आवश्यक पर्ने २०५ थान ब्ल्याङ्केट, ९१ मिटर म्याट्रेस र खाद्यान्न तथा आवश्यक लत्ताकपडा हस्तान्तरण गरिएको हो।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार असोज दोस्रो साताको भीषण वर्षापछि आएको पहिरोका कारण अन्नपूर्ण गाउँपालिका वडा नं. ५ का गिवाङ, पाउद्वार, किन्दु र धस्केखोरिया लगायतका जोखिमयुक्त बस्तीहरूबाट करिब १५० जना स्थानीयलाई हेलिकप्टरमार्फत उद्धार गरी घार र शिखका होल्डिङ सेन्टरमा सुरक्षित राखिएको छ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको महभीरमा गएको पहिरोका कारण विस्थापित भएका ३० भन्दा बढी परिवारलाई तुलनात्मक रूपमा सुरक्षित मानिएको कर्वाकेली थान नजिकै अस्थायी होल्डिङ सेन्टर स्थापना गरी राखिएको छ।

गाउँपालिकामा ५ जनाको मृत्यु, १ बेपत्ता

अविरल वर्षाका कारण दर्जनावौँ स्थानमा खसेको पहिरो र आएको बाढीले अन्नपूर्ण गाउँपालिकामा मात्रै ५ जनाको ज्यान लिएको छ भने १ जना अझै बेपत्ता रहेका छन्। भौतिक क्षति र बस्ती जोखिममा परेका कारण सयौँ नागरिक घरबारविहीन भएका छन्।

विपदको यो कठिन घडीमा प्रभावितहरूलाई गाँस र बासको प्रबन्ध मिलाउन विभिन्न संघ-संस्था र व्यक्तिहरूले सहयोग गरिरहेका छन्। सोही क्रममा पुन समाज नेपाल र पुन समाज यूकेले पनि अग्रसरता देखाउँदै राहत पुर्‍याएको हो।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र