- Loading...
रघुगंगा गापा, १ बेगमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, एकीकृत सेवा प्रदान गरिने

- पुनहिल डट कम
- १ महिना अघि
- १८९ पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगमा नवनिर्मित पक्की वडा कार्यालय भवनको भव्य समारोहबीच उद्घाटन गरिएको छ।
आइतबार आयोजित एक समारोहका बिच रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नवनिर्मित भवनको उद्घाटन गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार नयाँ निर्मित भवनमा एक बहुद्देश्यीय सभाहलसहित ९ वटा सुविधासम्पन्न कोठाहरू रहेका छन् । वडा कार्यालयको आफ्नै पक्की भवन निर्माण भएसँगै अब स्थानीयबासीलाई सहजरूपमा सेवा प्रवाह गरिने भएको छ।

भवन निर्माणका लागि गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा गरी एक करेड ३७ लाख रूपैयाँ खर्च गरेकाे छ । पालिकाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५० लाख, २०८१/८२ मा ५५ लाख र २०८२/८३ ३२ लाख खर्च भएकाे छ । त्यसैगरी, स्थानीय समुदायको जग्गासहित थप रु. ५ देखि ७ लाख रुपैयाँ बराबरको लगानी र योगदान रहेको प्रशासकीय अधिकृत पौडेलले बताए ।
प्रशासकीय अधिकृत पाैडेलका अनुसार नयाँ भवन सञ्चालनमा आएसँगै अब वडा कार्यालयबाट सम्पादन हुने नियमित प्रशासनिक कामका साथै कृषि, स्वास्थ्य र पशु सेवा कार्यालयसमेत एकै ठाउँबाट (एकीकृत रूपमा) प्रदान गरिने भएको छ। यसले बेगबासीलाई सरकारी तथा विषयगत सेवा लिन सहज हुने विश्वास लिइएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























