FLASH NEWS
  • Loading...

सर्वोच्चको राष्ट्र बैंकलाई आदेश ः राष्ट्रिय परिचयपत्र होइन, नागरिकताबाटै सेवा दिनू

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १२१ पटक पढिएको
सर्वोच्चको राष्ट्र बैंकलाई आदेश ः राष्ट्रिय परिचयपत्र होइन, नागरिकताबाटै सेवा दिनू

एअाइबाट जेनेरेट गरिएकाे संकेतात्मक तस्वीर

नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न र मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गराएको व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले अधिवक्ता सरिता अधिकारीको रिटमा सुनुवाइ गर्दै नागरिकता वा अन्य वैकल्पिक परिचयपत्रका आधारमा बैंकिङ सेवा निरन्तर उपलब्ध गराउन परमादेश जारी गरेको हो।

यसका साथै नागरिकका व्यक्तिगत तथा बायोमेट्रिक विवरणको सुरक्षाका लागि छुट्टै र स्वतन्त्र ‘डाटा संरक्षण ऐन’ तत्काल तर्जुमा गर्न पनि सरकारका नाममा निर्देशनात्मक आदेश दिइएको छ।

फैसलाका क्रममा अदालतले संवैधानिक, कानुनी र मानवअधिकारका सिद्धान्तहरू अघि सार्दै मुख्य पाँच आधार प्रस्तुत गरेको छ। पहिलो आधारका रूपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ले राष्ट्रिय परिचयपत्रलाई सेवा प्राप्तिको ‘मुख्य आधार’ माने पनि ‘एकमात्र आधार’ नबनाएको ठहर गरिएको छ। मूल ऐनले नै वैकल्पिक बाटो खुला राखेकाले राष्ट्र बैंकले निर्देशन जारी गरी यसलाई बाध्यकारी बनाउन नमिल्ने अदालतको निष्कर्ष छ।

दोस्रो आधारका रूपमा संविधान अनुसार नागरिकताको प्रमाणपत्र नै व्यक्तिको मूल र आधिकारिक पहिचान भएको स्पष्ट पारिएको छ। राष्ट्रिय परिचयपत्र नागरिकताको विकल्प नभई केवल एउटा डिजिटल औजार मात्र भएकाले नागरिकता हुँदाहुँदै परिचयपत्र नभएकै कारण बैंकिङ सेवाबाट वञ्चित गराउनु असंवैधानिक हुने अदालतले जनाएको छ।

तेस्रो आधारमा नागरिकको सम्पत्ति र वित्तीय पहुँचको अधिकारलाई जोड दिइएको छ। बैंकमा रहेको रकम व्यक्तिको निजी सम्पत्ति भएकाले परिचयपत्र अभावमा खाता रोक्नु वा रकम चलाउन नदिनुले संविधानले दिएको सम्पत्तिको हक र पेसा-व्यवसाय गर्ने स्वतन्त्रतामा प्रत्यक्ष असर पुर्‍याउने ठहर गरिएको छ।

चौथो आधारका रूपमा समानुपातिकताको सिद्धान्त र ‘टु-च्यानल टेस्ट’ को अवधारणा अघि सारिएको छ। राज्यको ढिलासुस्ती वा पूर्वाधार अभावले परिचयपत्र वितरण पूर्ण भइनसकेको अवस्थामा नागरिकलाई सजाय दिन नमिल्ने भन्दै अदालतले भौतिक रूपमा नागरिकता वा राहदानी देखाउने एउटा च्यानल र डिजिटल प्रमाणीकरण गर्ने अर्को च्यानल गरी दुवै विकल्प खुला राख्न आदेश दिएको छ।

पाँचौँ आधारका रूपमा गोपनीयताको हक र डाटा सुरक्षाको विषयलाई उठाइएको छ। राष्ट्रिय परिचयपत्रमा औँठाछाप र आँखाको नानी जस्ता अपरिवर्तनीय बायोमेट्रिक विवरण रहने भएकाले ती विवरण चोरी वा दुरुपयोग भएमा सच्याउन असम्भव हुन्छ। यस्ता संवेदनशील विवरणमा निजी बैंकहरूको पहुँच पुग्दा जोखिम उच्च रहने भएकाले संविधानदत्त गोपनीयताको हक रक्षाका लागि छुट्टै र प्रभावकारी ‘डाटा संरक्षण ऐन’ आवश्यक रहेको औँल्याउँदै अदालतले सो ऐन निर्माणको प्रक्रिया तुरुन्त अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र