- Loading...
गोरखाको सल्लेरी बजार बूढीगण्डकीको बाढीले बगायो, जगतमा ठूलो क्षति, पहिरोले नदी थुनिएपछि भीषण बाढी

- घनश्याम खड्का
- १ महिना अघि
- २३७ पटक पढिएको
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा-छेकम्पार क्षेत्रमा गएराति खसेको विशाल सुक्खा पहिरोले बूढीगण्डकी नदी थुनिएपछि तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीले सल्लेरी बजार ध्वस्त पारेको छ।
थुनिएको नदी एक्कासी फुटेर लेदोसहित आएको आकस्मिक बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्तीहरूमा भारी भौतिक क्षति पुर्याएको हो।
स्थानीय विशाल घलेले दिएको जानकारी अनुसार बूढीगण्डकीको ठूलो बाढी बस्तीमा पस्दा सल्लेरी बजार पूर्ण रूपमा बगेको छ भने पर्यटकीय क्षेत्र जगत् बजारमा पनि ठूलो क्षति पुगेको छ।
आज (आइतबार) बिहान करिब ४:०० बजे ठूलो आवाजसहित नदीमा पानीको बहाव अत्यधिक बढेपछि स्थानीयवासी भागाभाग गर्दै सुरक्षित तथा उच्च स्थानतर्फ लागेका थिए। चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार एकाबिहानै नदीमा ठूलो आवाजसहित पानी र लेदोको सतह एकाएक बढेको थियो। बाढी तल्लो तटीय क्षेत्रतर्फ तीव्र गतिमा बगिरहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल उच्च स्थानमा जान स्थानीय प्रशासन र गाउँपालिकाले अनुरोध गरेका छन्।
प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरूका अनुसार चुमनुब्रीको सल्लेरी बजार पूर्ण रूपमा बगाएको छ भने जगत् बजारका घरहरूमा बाढी पसेर व्यापक क्षति पुर्याएको छ। यसैगरी चुमनुब्री–३ म्याकफेदीका केही होटलहरू क्षतिग्रस्त भएका छन् भने धार्चे–३ को सल्ढेंगे र वडा नम्बर ५ को माथिल्लो बजारनजिकैका घरहरूसमेत बाढीले बगाएको छ ।
त्यस्तै, म्याकफेदी र सिर्दीबास बजार जोड्ने दुईवटा झोलुंगे पुलमध्ये पुरानो पुल बाढीले बगाएको छ। साथै, धार्चे क्षेत्रबाट केरौंजा जोड्ने झोलुंगे पुलसमेत ढालेको छ।
बिहानैदेखि माइकिङ र टेलिफोनमार्फत पूर्वसूचना दिएर बस्ती खाली गराइएकाले हालसम्म मानवीय क्षतिको खबर प्राप्त भएको छैन । अवस्थाबारे जानकारी दिँदै स्थानीय प्रतिनिधि तथा प्रत्यक्षदर्शीहरूले सुक्खा पहिरो खस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको र तल्लो क्षेत्रका मानिसहरू अत्यन्तै डराएको बताएका छन्।
घटनालगत्तै गृहमन्त्री सुदन गुरूङले बूढीगण्डकी नदीको बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरसहित परिचालन हुन निर्देशन दिइसकेको जानकारी गराएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार बाढीको जोखिम आरुघाट बजार तथा धादिङको सीमा क्षेत्रसम्म पुग्न सक्ने भएकाले सुरक्षाकर्मी तैनाथ गरी माइकिङ भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दाका मोबाइलमा आकस्मिक बाढीको एसएमएस पठाउँदै सतर्क रहन अपिल गरेको छ।
अहिले प्रहरी, स्थानीय जनप्रतिनिधि र उद्धार टोली क्षतिको थप विवरण संकलन र विस्थापितहरूको व्यवस्थापनमा जुटेका छन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























