- Loading...
बेनी–जोमसोम सडकमा अस्थायी ट्रयाक बनेपछि गाडी चल्न थाले

- घनश्याम खड्का
- १ महिना अघि
- १५२ पटक पढिएको
कालीगण्डकी नदीले कटान गरेको र पहिरोले बगाएको बेनी–जोमसोम सडक खण्डमा अस्थायी बाटो बनाएपछि रोकिएका गाडीहरू चल्न त थालेका छन ।
गत असोज ८ देखी ११ गतेसम्म परेको भारी वर्षापछि बाढी-पहिरोले कालीगण्डकी करिडोरका विभिन्न ठाउँमा सडक पूर्ण रूपमा बगाएके थियो। नदीले सडक काटेको ठाउँमा अस्थायी रूपमा एकतर्फी (वन-वे) ट्र्याक बनाएर र पहिरो पन्छाएर बिहीबार साँझदेखि गाडी छाड्न थालिएको हो। तर, सडक एकदमै साँघुरो, हिलाम्मे र जोखिमपूर्ण भएकाले गाडीहरू घन्टौँसम्म जाममा पर्ने गरेका छन्।
सडक खुलेसँगै उपल्लो मुस्ताङ र कोरला नाकाबाट भन्सार जाँचपास भएर आएका करिब ४ सय मालवाहक कन्टेनर तथा ट्रकहरू र तल बेनीबाट मुस्ताङतर्फ जान लागेका गाडीहरूको लामो लाइन लागेको छ।
दसैँ र जाडो यामका लागि चीनबाट ल्याइएका कपडा, खाद्यान्न र फलफूल बोकेका कन्टेनरहरू धेरै दिनसम्म बाटोमै रोकिँदा केही गाडीमा राखिएका फलफूलहरू कुहिन थालेका छन्, जसले गर्दा व्यापारी र चालकहरू ठूलो मर्कामा परेका छन्।
यसका साथै, बिग्रेको सडक मर्मत र सुधारको काम निरन्तर जारी रहेकाले पनि बेला-बेलामा बाटो रोकेर काम गर्नुपर्दा सवारी जाम थप बढेको छ। अर्कोतर्फ शुक्रबार दिउँसोदेखि सो क्षेत्रमा फेरि पानी पर्न थालेकाले भर्खरै खोलिएको अस्थायी बाटो थप चिप्लो र जोखिमपूर्ण बनेको छ। जुनसुकै बेला फेरि पहिरो खसेर बाटो बन्द हुने डरले चालक र यात्रुहरू चिन्तित छन्।

सडक विभागका अनुसार विशेष गरी कुइनेटा–पोखरे बगर क्षेत्रको करिब १० किलोमिटर सडक सुधारकालागी थप काम तीव्र पारिएको छ। असोज २६ गतेभित्र सडकलाई पुरानै अवस्थामा सहज रूपमा चलाउने लक्ष्य राखिएको छ।
बाटो लामो समय बन्द हुँदा मुस्ताङभरि खाद्यान्न र खाना पकाउने ग्यासको (अभाव) हुनुका साथै बिजुली र फोन-इन्टरनेट सेवासमेत प्रभावित भएको छ।
चीन जोड्ने अरू नाकाहरूमध्ये रसुवागढी बाढी-पहिरोले बन्द रहेको र तातोपानी नाका पनि सोचेजस्तो चल्न नसकेकाले यतिबेला कोरला नाका नै मुख्य विकल्प बनेको छ। नाका त खुल्यो, तर म्याग्दी–मुस्ताङ जोड्ने यो सडक पूर्ण रूपमा नबनेसम्म सामान ल्याउन-लैजान र सर्वसाधारणलाई आउजाउ गर्न अझै केही दिन गाह्रै पर्ने देखिएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























