FLASH NEWS
  • Loading...

म्याग्दी विपद् सङ्कटग्रस्त क्षेत्र घोषित 

विपद् प्रभावित क्षेत्रकाे पुनर्निर्माण र नागरिकको सुरक्षित पुनस्र्थापन पहिलाे प्राथमिकता-मन्त्री पुन
म्याग्दी विपद् सङ्कटग्रस्त क्षेत्र घोषित 

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा र त्यसपछिको भीषण बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि सङ्घीय सरकारले म्याग्दी जिल्लाका छ वटै स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम म्याग्दीको बेनी नगरपालिका सहित अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई आगामी तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

म्याग्दीबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पहलमा मन्त्रिपरिषद्‌ले जिल्लाका छ वटै स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको हो ।

“गत असोजको भारी वर्षा र बाढीपहिरोले म्याग्दीका गाउँ-गाउँमा ठूलो विनाश पुर्‍याएको छ। सर्वसाधारणको ज्यान गएको छ, सयौँ परिवार विस्थापित भएका छन् र सडक-बिजुली-खानेपानीजस्ता आधारभूत पूर्वाधार छिन्नभिन्न भएका छन् । यो स्थिति सामान्य क्षमताबाट सम्हाल्न कठिन भएकैले मैले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गराएको हुँ ।“  मन्त्री पुनले टेलिफेनमा बताए ।

‘विपद् सङ्कटग्रस्त क्षेत्र’ भनेको के हो ?

कानुनी रूपमा ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ भनेको कुनै भौगोलिक क्षेत्रमा बाढी, पहिरो, भूकम्प वा अन्य प्राकृतिक प्रकोपका कारण मानवीय, भौतिक र सामाजिक क्षति यति धेरै हुनु हो, जहाँ सामान्य प्रशासनिक ढर्रा र नियमित बजेटबाट उद्धार, राहत तथा पुनर्निर्माण सम्भव हुँदैन ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद्को अवस्थालाई अस्वाभाविक र सङ्कटपूर्ण मान्दै राज्यका विशेष अधिकार, तीव्र कार्यशैली र आपत्कालीन कोषहरू एकसाथ परिचालन गर्न यो घोषणा गरिन्छ ।

किन गरिन्छ सङ्कटग्रस्त क्षेत्र घोषणा ?

सामान्य अवस्थामा सरकारी खरिद प्रक्रिया (टेन्डर, बोलपत्र आह्वान), बजेट रकमान्तर र योजना स्वीकृतिमा लामो कानुनी झन्झट हुन्छ । तर, विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि लामो बोलपत्र (टेन्डर) प्रक्रिया छोट्याएर वा सोझै खरिद/ठेक्का प्रक्रियामार्फत आपत्कालीन पूर्वाधार (बाटो, पुल, खानेपानी, बिजुली) द्रुत गतिमा निर्माण गर्न पाइन्छ ।

त्यस्तै, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विषयगत मन्त्रालयका प्राविधिकहरूलाई विशेष अधिकारसहित परिचालन गर्न सकिन्छ । भने सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै अन्तर्राष्ट्रिय नियोग र निजी क्षेत्रको ध्यान एवं राहत सामग्री उक्त क्षेत्रमा केन्द्रित गराउन मद्दत पुग्छ ।

विपद् प्रभावितहरूले पाउने प्रत्यक्ष लाभ र राहत

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार बाढीपहिरोका कारण म्याग्दीमा ७ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । जिल्लाभर ७९ घर पूर्ण रूपमा नष्ट भएका छन्, ३३ घरमा आंशिक क्षति पुगेको छ भने १६६ घर उच्च जोखिममा परेका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार सङ्कटग्रस्त क्षेत्र घोषणासँगै पूर्ण रूपमा घर नष्ट भएका वा विस्थापित भएका परिवारलाई अस्थायी आवास र स्थायी घर निर्माणका लागि सङ्घीय विपद् व्यवस्थापन कोषबाट अनुदान रकम उपलब्ध हुने छ ।  क्षति पुगेका निजी उद्योग, कृषि, जलविद्युत् तथा व्यवसायका लागि बैङ्किङ क्षेत्रबाट प्राप्त हुने राहत/पुनर्कर्जा सम्बन्धी विशेष निर्णय लिन सहज हुनेछ ।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि सङ्घीय र प्रदेशस्तरमा रहेको आपत्कालीन विपद् व्यवस्थापन कोषबाट विशेष अनुदान र बजेट तुरुन्त निकासा गर्न बाटे खुल्छ । भने अन्य मन्त्रालय तथा शीर्षकमा विनियोजन भई खर्च हुन नसकेको वा कम प्राथमिकतामा रहेको बजेटलाई रकमान्तर गरी सडक, खानेपानी, बिजुली र तटबन्ध निर्माणमा पठाउन कानुनी सहजता हुन्छ ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र