FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडक मर्मत गर्न मुस्ताङका तीन पालिकाले गरे १३२० लिटर इन्धन सहयाेग

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १२३ पटक पढिएको
बेनी–जोमसोम सडक मर्मत गर्न मुस्ताङका तीन पालिकाले गरे १३२० लिटर इन्धन सहयाेग

बाढीपहिरो र नदी कटानका कारण विगत दुई सातादेखि अवरुद्ध बनेको मुस्ताङ जोड्ने एकमात्र बेनी–जोमसोम सडक खण्ड सञ्चालनमा ल्याउन मुस्ताङका स्थानीय तहहरूले पहलकदमी लिएका छन् ।

सडक मर्मत तथा पन्छाउने कार्यलाई तीव्रता दिन मुस्ताङका तीनवटा गाउँपालिकाले कुल एक हजार ३२० लिटर (६.६ ब्यारेल) डिजेल इन्धन उपलब्ध गराएका हुन्।

सहयोग गर्ने गाउँपालिकाहरू र उपलब्ध गराइएको इन्धनको विवरण अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ६६० लिटर, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले ४४० लिटर र घरपझोङ गाउँपालिकाले २२० लिटर डिजेल उपलब्ध गराएका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएके छ ।

सडक अवरुद्ध हुँदा आवतजावत ठप्प हुनुका साथै सर्वसाधारण तथा पर्यटकहरू मर्कामा परेकाले मर्मत कार्यलाई द्रुत गतिमा अघि बढाउन स्थानीय तहहरूले इन्धन सहयोग गरेका हुन्। बाढीले सडक कटान गर्दा मुस्ताङमा खाद्धान्न अयात गर्न, पर्यटन पुग्न समेत त्यहाँबाट स्याउ,अलु, खसी निर्यातमा समस्या भएकाे छ । इन्धन उपलब्ध भएसँगै पहिरो पन्छाउन र नदी कटान रोकथामका लागि भारी उपकरणहरू परिचालन गरी सडक यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र