FLASH NEWS
  • Loading...

म्याग्दीमा बाढीको वितण्डा

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १७६ पटक पढिएको
म्याग्दीमा बाढीको वितण्डा

असोज ८ गतेदेखी निरन्तर परेको भारी वर्षापछि आएको बाढीपहिरोले सदरमुकाम समेत जिल्लाका अधिकांश क्षेत्र प्रभावित भएका छन ।
निरन्तरको बर्षापछि उर्लेको कालीगण्डकी नदीको बाढीले सदरमुकाम बेनी संरक्षणकालागी लगाएको पक्की आरसिसी वाल भत्काउनुको साथै सोही स्थानको सडक पनि भासिएको छ । बेनीकै कालीपुल स्थित कालीगण्डकी आयलस्टोर छेउमा नदीले पक्की वाल भत्काएको छ ।


सदरमुकम बेनीको बराहपाखो सामुदायीक वनबाट आएको लेदोसहित बाढी पसेपछि डिभिजन वन कार्यालय र भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयका भुई तल्ला पुरै पुरेको छ । कार्यालयमा पार्किङ गरिएको भेटेरेनरी अस्पतालको एउटा हाइलक्स गाडीसमेत तीन वटा मोटरसाइकल र एउटा स्कुटल पुगेको छ । सोही भेलबाढीले बेनी–दरवाङ सडकमा पार्किङ गरी राखेको एउटा यात्रुबसलाई बगाएर सडक देखी केही मिटर तल खसालेको छ ।


त्यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका, २ भुरुङ्ग तातोपानीमा बेनी–जोमसोम सडक बगाएको छ । सोही पालिकाको पोखरेबगर र तातोपानी जोड्ने कालीगण्डकी नदीमाथी निर्मित मोटर पुलको एकापट्टीको पिलर छेउबाट नदी पसेर सडक बगाएको छ । पोखरेबगरको पछिल्लो भाग कटान गरेको छ ।

बाढीले अन्नपुर्ण गाउँपालिका, ६ रातोपानी स्थित जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले राखेको नदीमा पानीमा जलसतह नाप्ने उपकरणमा क्षति पुर्याउनुको साथै रातोपानी स्थित तातोपानीको पोखरी समेत संरचना बगाएको छ ।

मिस्त्रीखोला जलविधुत आयोजनाको पावरहाउस पुग्ने सडक कालीगण्डकीले बताएको छ । नदीको कटान रोकिएको छैन ।

रघुगंगा गाउँपालिका, ३ तिल्केनीमा रहेको राहुघाट जलविधुत आयोजनाका केही सवारी साधनमा क्षति पुर्‍याउनुको साथै बेनी–जोमसोम सडकको केही भाग पनि बगाएको छ ।

मुख्य राजमार्गसमेत जिल्लाका प्रमुख तथा सहायक सडकमा पहिरोले अनगिन्ती क्षती पुर्‍याएको क्षतिको विवरण संकलन गर्न सकिएको छैन ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र