- Loading...
म्याग्दीमा वर्षाको वैज्ञानिक ‘राताे रेखा’ पार, वर्षा सुस्ताए पनि पहिरोको जोखिम यथावत्

- घनश्याम खड्का
- २ हप्ता अघि
- २४५ पटक पढिएको
म्याग्दी जिल्लाका विभिन्न भागमा विगत २४ घण्टादेखि भइरहेको लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च बनेको छ। नेपाल सरकारको विपद् पोर्टलबाट प्राप्त पछिल्लो असाेज ९ र १० गतेकाे वास्तविक तथ्याङ्कलाई उक्त वैज्ञानिक सुत्रसँग तुलना गर्दा म्याग्दीका केही बस्तीहरू पहिरोको जोखिमपूर्ण राताे रेखाभित्र परेका छन्।
विपद् पोर्टलको तथ्याङ्कअनुसार म्याग्दीको दरबाङ क्षेत्रमा सञ्चित वर्षा १४४.८० मिलिमिटर पुगेको छ। २४ घण्टामा १४४ मिमिको सीमा रेखा पार गरिसकेकाले दरबाङ र आसपासका भिरालो जमिनमा साना-ठूला पहिरोहरू खस्न सक्ने सम्भावना अत्यन्तै बढेको छ।
यसैगरी कुहुँ क्षेत्रमा पनि पछिल्लो समयसम्म १३५.०० मिलिमिटर वर्षा मापन भइसकेको छ। यो मात्रा १४४ मिमि नजिक पुगेको र सामान्य चेतावनी स्तर (६० मिमि) भन्दा दोब्बर बढी भएकाले यहाँका भीरपखाला र खनिएका ग्रामीण सडकहरू आसपास पहिरोको जोखिम उच्च छ।
सदरमुकाम बेनी बजार क्षेत्रमा १०७.२० मिलिमिटर वर्षा मापन भएको छ। ६ घण्टाको अवधिमा १०८ मिमि वर्षा भए पहिरो जाने वैज्ञानिक मानकको नजिक बेनी बजार पुगेको छ। कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल नजिक रहेको बेनी बजारमा ६० मिमिको चेतावनी विन्दु पार भइसकेकाले तटीय क्षेत्र र सडकखण्ड आसपासमा उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।
यस्तै बेग मा ८८.४० मिमि र तातोपानी (रातोपानी) क्षेत्रमा ७२.४० मिमि वर्षा मापन गरिएको छ। यी स्थानहरूमा वर्षाको मात्रा सीमा भन्दा तलै रहे पनि लगातारको झरीका कारण माटो गिलो भई लेदो खस्ने खतरा कायम छ।
पछिल्लो ३ घण्टामा वर्षा सुस्ताए पनि सतर्कता आवश्यक
दिउँसो २ बजेदेखि ५ बजेसम्मको पछिल्लो ३ घण्टाको तथ्याङ्कअनुसार दरबाङमा कुल ४.६० मिमि मात्र वर्षा भएको छ। बेनी बजारमा ३ घण्टामा कुल ५.०० मिमि, कुहुँमा ३.४० मिमि, रातोपानीमा ४.०० मिमि र बेगमा ०.४० मिमि वर्षा भएको छ। पछिल्लो ३ घण्टामा वर्षाको तीव्रता घटेर पानी सुस्ताएकाले अाकस्मिक वाढी वा भीषण पहिरो खस्ने तात्कालिक जोखिम केही थामिएको छ।
तर वर्षा नरोकिएको र २४ घण्टे सञ्चित वर्षाले जमिन पूरै पानीले भिजेर गिलो भइसकेकाले ग्रामीण भेगमा डोजर लगाएर खनिएका तथा नकाटिएका कमजोर भीरहरूमा थोरै मात्र पानी थपिँदा पनि सजिलै पहिरो खस्न सक्छ।

मौसम पूर्वानुमान नक्साअनुसार सेप्टेम्बर २३ देखि २७ (५ दिन) को अवधिमा म्याग्दीमा कुल २६० मिमि वर्षा हुने प्रक्षेपण गरिएको छ, जसमध्ये प्रमुख जोखिमयुक्त क्षेत्र दरबाङमा २४ घण्टामै १४४.८० मिमि (५५% भन्दा बढी) पानी परिसकेर पहिरोको वैज्ञानिक ‘रेड लाइन’ पार भइसकेको छ ।
आगामी दिनमा अझै करिब ११५ देखि १५० मिमि थप वर्षा हुन सक्ने मोडलले देखाएको छ।
विशेषगरी देशका पश्चिमी भूभागहरू (गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश) मा शनिबार दिउँसो र रातभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
तसर्थ, २४ घण्टे थ्रेसहोल्ड पार गरिसकेको दरबाङ, सीमाको नजिक पुगेका कुहुँ र बेनी बजारलगायतका क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढी र पहिरोबाट जोगिन विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन समितिले आग्रह गरेका छन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























