FLASH NEWS
  • Loading...

लगातारको वर्षाले म्याग्दी नदी र कालीगण्डकीको जलसतह चेतावनी तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आह्वान

लगातारको वर्षाले म्याग्दी नदी र कालीगण्डकीको जलसतह चेतावनी तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आह्वान

विगत दुई-तीन दिनदेखि लगातार परेको वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न भागमा वर्षा र नदीको जलसतह खतरा तथा चेतावनीको तह नाघेको छ।

जल तथा मौसम विज्ञान विभाग विपद्पोर्टलको रियल-टाइम मापन अनुसार म्याग्दी नदी र म्याग्दीका माथिल्ला भेगका वर्षा मापन केन्द्रहरूमा वर्षाको सञ्चित मात्रा सतर्कता विन्दुभन्दा धेरै माथि पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको म्याग्दीस्थित मङ्गलघाट जलमापन केन्द्रको तथ्याङ्क अनुसार म्याग्दी नदीको जलसतह चेतावनी तह भन्दा माथि पुगेको छ। आज (२०२६ सेप्टेम्बर २६ / असोज १०) बिहान ६:४५ बजेको मापन अनुसार नदीको जलसतह घट्दो क्रममा रहे तापनि चेतावनीको विन्दुभन्दा माथि नै रहेकाले नदी किनारका बस्तीहरू उच्च जोखिममा रहेका छन् ।

यस्तै, कुहुँमा सञ्चित वर्षा १२५.८० मिमी पुगेको छ, जुन चेतावनी तह (६० मिमी) भन्दा निकै माथि हो । दरबाङमा कुल सञ्चित वर्षा १३०.०० मिमी मापन गरिएको छ। यो विन्दुमा पनि वर्षा सतर्कता तह नाघेको स्थितिमा छ ।

बेग वर्षा मापन केन्द्रमा सञ्चित वर्षा ८२.२० मिमी पुगेको छ। ६० मिमीको चेतावनी विन्दु नाघेको भए तापनि पछिल्लो समय वर्षाको दर केही सुस्त भएकाले हाल जलसतह खतराभन्दा तल रहेको छ ।

कालीगण्डकी र म्याग्दी नदीको जलाधार नजिकै रहेको रातोपानी (तातोपानी) केन्द्रमा सञ्चित वर्षा ६०.०० मिमी पुगेको छ। यो विन्दु ठ्याक्कै ६० मिमीको चेतावनी तह नजिक पुगे तापनि हाल स्थिति कै अवस्थामा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखा तथा विभागले देशभर नै न्यून चापीय प्रणालीको प्रभावका कारण भारी वर्षाको चेतावनी जारी गरिरहेको सन्दर्भमा म्याग्दी नदी र कालीगण्डकी नदीको तटीय क्षेत्रमा कटान तथा बाढीको जोखिम बढेको छ ।

बाढी मापन केन्द्रहरू ठप्प: पूर्वसूचनामा गम्भीर असर

अत्यधिक बाढी र कटानको जोखिम रहेको बेला बेनी कालीपुलस्थित कालीगण्डकी नदीको जलसतह मापन गर्ने स्वचालित मेसिनले विगत चार दिनदेखि विपद्पोर्टलमा कुनै विवरण देखाउन छाडेको छ ।

त्यसैगरी, म्याग्दी नदीको बहाव अनुगमन गर्ने मुख्य मङ्गलघाट बाढी मापन केन्द्रले पनि पछिल्लो समय विवरण दिन छाडेको छ। जल तथा मौसम विज्ञान विभागका यी दुवै महत्त्वपूर्ण स्वचालित स्टेशनहरू एकैपटक निष्क्रिय वा प्राविधिक रूपमा अवरुद्ध हुँदा म्याग्दी नदी र कालीगण्डकी तटीय क्षेत्रका बासिन्दाहरू वास्तविक समयको जलसतह र सम्भावित बाढीको पूर्वसूचना पाउनबाट वञ्चित भएका छन् ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र