FLASH NEWS
  • Loading...

चार दिनदेखिको वर्षाले म्याग्दीमा पहिरोको उच्च जोखिम, दरबाङ र कुहुँमा वर्षाले गर्याे चेतावनीको तह पार

चार दिनदेखिको वर्षाले म्याग्दीमा पहिरोको उच्च जोखिम, दरबाङ र कुहुँमा वर्षाले गर्याे चेतावनीको तह पार

विगत चार दिनदेखि परेको लगातारको वर्षाका कारण म्याग्दीका ग्रामीण पहाडी क्षेत्रहरूमा पहिरोको जोखिम उच्च बनेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद्पाेटर्लकाे तथ्याङ्क अनुसार पछिल्लो ७२ घण्टा (असोज ६ देखि अाज ९ गते अपराह्न ४ बजेसम्म) मा पश्चिम म्याग्दीको दरबाङमा कुल ८४.६० मिमिटर वर्षा मापन भएको छ ।

यस्तै मङ्गला गाउँपालिकाको कुहुँमा ६१.०० मिमिटर सञ्चित वर्षा पुगेको छ । जल तथा मौसम विज्ञान विभागले पहाडी क्षेत्रमा ६० मिमिटरभन्दा बढी सञ्चित वर्षा हुनुलाई ‘चेतावनीको तह’ मानेको छ, जसलाई दरबाङ र कुहुँ दुवै क्षेत्रले पार गरिसकेका छन् ।

खासगरी पछिल्लो २४ घण्टामा मौसममा आएको परिवर्तन र विशेष गरी आज (असोज ९ गते) दिउँसो १२ बजेपछि वर्षाको गति तीव्र बनेको छ। दिउँसो १ बजेदेखि अपराह्न ४ बजेको अवधिमा दरबाङ, कुहुँ, बेगा र बेनी बजार क्षेत्रमा प्रतिघण्टा ४ देखि ७ मिमिटरका दरले लगातार पानी परेको छ । २४ घण्टाको यो तीव्र वर्षाले सुख्खा वा कमजोर रहेको माटोलाई थप भिज्याएर गलाइदिएकाले अकस्मात् पहिरो खस्ने खतरा बढेको हो ।

विपद् विज्ञहरूका अनुसार पहाडी भूगोलमा एकैपटक ठूलो बाढी आउनुभन्दा पनि धेरै दिनसम्म निरन्तर पानी पर्दा माटोले पानी सोसेर गल्ने हुनाले आकस्मिक बाढीभन्दा भू-क्षय र पहिरोको जोखिम बढी हुन्छ । म्याग्दीका बेगामा ५५.६० मिमिटर र मुनामा ५६.८० मिमिटर वर्षा भइसकेकाले यी क्षेत्रहरू पनि चेतावनीको विन्दु नजिकै पुगेका छन्। सदरमुकाम बेनी बजारमा ४८.६० मिमिटर र तातोपानीमा ३२.०० मिमिटर वर्षा मापन भएको छ। 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र