- Loading...
बंगालको खाडीबाट मौसमी प्रणाली नेपालमा कसरी अाउँछ ?

- पुनहिल डट कम
- २ हप्ता अघि
- ८४ पटक पढिएको
बंगालको खाडीमा बनेको शक्तिशाली न्यून चापीय प्रणाली (डिप्रेशन) उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट (कलिङ्गापट्टनम नजिक) बाट भारतीय भूभागमा प्रवेश गरिसकेको छ। यो प्रणाली थप उत्तर-पश्चिम दिशातर्फ अघि बढ्दै भारतको छत्तीसगढ, मध्य प्रदेश र उत्तर प्रदेश हुँदै नेपालको दक्षिण-पश्चिम सीमातिर सोझिँदै छ।
बंगालको खाडीमा विकसित शक्तिशाली न्यून चापीय प्रणालीले प्रचुर जलवाष्पयुक्त मनसुनी हावा तानेर नेपालतर्फ धकेल्छ, जुन यहाँको भू-बनोट (पहाड) र पश्चिमी वायुसँग टकराएर सघन बादल बन्दै देशभर भारी वर्षा गराउँछ।
यो प्रणाली नेपालको वायुमण्डलमा प्रवेश गरिसकेको छ । यस प्रणालीलाई पश्चिमी भूभागबाट सक्रिय रहेको पश्चिमी वायुले रोक्दा नेपालको आन्तरिक मौसमी प्रणाली झनै उथलपुथल र सक्रिय बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो दोहोरो मौसमी प्रभावका कारण असोज ९ देखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको जोखिम छ । विशेषगरी गण्डकी, लुम्बिनी, बागमती, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अति भारी वर्षा हुने अनुमान छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























