FLASH NEWS
  • Loading...

बंगालको खाडीको ‘डीप डिप्रेशन’, नेपालमा यसको असर, गण्डकी क्षेत्रमा बाढीपहिरोको जोखिम

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १०३ पटक पढिएको
बंगालको खाडीको ‘डीप डिप्रेशन’, नेपालमा यसको असर, गण्डकी क्षेत्रमा बाढीपहिरोको जोखिम

बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेशन) जमिनतर्फ अघि बढिरहेका बेला यसको असर नेपालका पहाडी भू-भाग, विशेषगरी गण्डकी र बागमती प्रदेशमा पर्ने देखिएको छ।

अन्तर्राष्ट्रिय मौसम डाटा संस्था पोलार वेदरको पछिल्लो तथ्याङ्क अनुसार प्रणालीको केन्द्र वरपर हावाको गति ६२ किलोमीटर प्रतिघण्टाभन्दा माथि पुगिसकेको छ, जसले ट्रपिकल साइक्लोन (चक्रवात) को न्यूनतम मापदण्ड पूरा गरेपनि भारतीय मौसम विज्ञान विभागले यसलाई आधिकारिक रूपमा चक्रवात भनेको छैन।

नेपालमा यो चक्रवाती आँधीका रूपमा सोझै प्रवेश नगरे पनि यसले बंगालको खाडीबाट प्रचुर मात्रामा जलवाष्पयुक्त हावा नेपालतर्फ सोझ्याउने भएकोले उक्त जलवाष्पयुक्त मनसुनी हावा र स्थानीय मौसम प्रणालीको अन्तरक्रिया हुँदा अकस्मात बाक्लो बादल बनी तीव्र र भारी वर्षा गराउने जलमौसमवि विनेद पेख्रेलको विश्लेषण छ ।

प्रणालीको सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशका मध्य पहाडी तथा हिमाली जिल्लाहरूमा पर्ने अनुमान गरिएको छ। अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको दक्षिणी पाखेमा रहेका म्याग्दी, पर्वत, कास्की र लमजुङ जस्ता जिल्लाहरूमा जलवाष्पयुक्त हावा पहाडसँग ठोक्किएर मध्यमदेखि भारी र केही स्थानमा अति भारी वर्षा हुने अँकलन छ ।

वर्षासँगै गण्डकी र म्याग्दीको राहुघाट, म्याग्दी खोला क्षेत्रका मुख्य नदी प्रणालीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्नेछ । बेनी–जोमसोम–कोराला सडक खण्ड, पोखरा–बागलुङ राजमार्ग र सिद्धार्थ राजमार्गका जोखिमयुक्त पहाडी ट्रयाकहरूमा साना-ठूला पहिरो गई यातायात अवरुद्ध हुनसक्छ। भारतीय तटमा प्रणाली कमजोर बने पनि असोज ८ देखि १२ गतेसम्मको समय नेपालका लागि मौसमका हिसाबले निकै संवेदनशील रहनेछ। त्यसैले गण्डकी तथा बागमतीका पहाडी भू-भागमा अति आवश्यक बाहेक रात्रिकालीन वा लामो दूरीको यात्रा नगर्न मौसमविद्हरूले सुझाव दिएका छन्।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र