- Loading...
राष्ट्रिय शिक्षा दिवसका अवसरमा म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता

- पुनहिल डट कम
- ३ हप्ता अघि
- २७५८ पटक पढिएको
राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता सम्पन्न भएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीको आयोजनामा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूबिच उक्त प्रतियोगिता आयोजना गरिएको हो।
माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूले समेत नेपाली भाषाका पाठ तथा पाठ्यसामग्रीहरू शुद्धसँग उच्चारण गर्न नसक्ने समस्या देखिएपछि विद्यार्थीहरूमा तल्लो तहदेखि नै शुद्ध, स्पष्ट र प्रभावकारी पठन सीपको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको इकाइले जनाएको छ।
शैक्षिक गुणस्तरमा सुधार गर्दै त्यसलाई दिगो बनाउन र व्यावहारिक ज्ञान तथा सीपलाई व्यवहारमा उतार्न यो कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ।
प्रतियोगितामा म्याग्दीका ६ वटा पालिकामध्ये रघुगंगा गाउँपालिका बाहेकका सबै पालिकाका कक्षा १ देखि ५ सम्मका प्रति कक्षा १ जनाका दरले २८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। साथै, रघुगंगा गाउँपालिकाअन्तर्गतको मालिका आधारभूत विद्यालयले पनि स्वतःस्फूर्त रूपमा प्रतियोगितामा सहभागिता जनाएको थियो ।
प्रतियोगितामा कक्षा १ तर्फ सर्वोदय मावि (अन्नपूर्ण गाउँपालिका) की सुप्रिना सुनार प्रथम, धवलागिरी गाउँपालिकाकी सेजा थापा दोस्रो र बेनी सामुदायिक मावि (बेनी नगरपालिका) का उत्सव सापकोटा तेस्रो बने ।

त्यसैगरी कक्षा २ तर्फ लिटल गार्डेन एकेडेमी (बेनी नगरपालिका) की सभ्यता भण्डारी प्रथम, शारदा मावि (मंगला गाउँपालिका) का अजन घर्ती दोस्रो र रुम इङ्लिस बोर्डिङ स्कुल (मालिका गाउँपालिका) की सीमा सेन्चुरी तेस्रो स्थान हासिल गरे। कक्षा ३ तर्फ लिटल गार्डेन एकेडेमी (बेनी नगरपालिका) की जेनिसा कुँवर प्रथम, मालिका आविका प्रिन्स रोका (मालिका गाउँपालिका) दोस्रो र मालिका आविका निरोज छन्त्याल (रघुगंगा गाउँपालिका) तेस्रो भए ।
कक्षा ४ तर्फ धवलागिरी एकेडेमी (ताकम, धवलागिरी गाउँपालिका) की आरोही गुरुङ प्रथम, लिटल गार्डेन एकेडेमी (बेनी नगरपालिका) का साहित्य रेग्मी दोस्रो र मालिका गाउँपालिकाको देउराली माविका विद्यार्थी तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
त्यस्तै, कक्षा ५ तर्फ माउन्ट एभरेस्ट आवासीय मावि (बेनी नगरपालिका) की अनिस्का विक प्रथम, मालिका आवि (रघुगंगा गाउँपालिका) का योगेश पुन दोस्रो र हेम मावि (सिवाङ, धवलागिरी गाउँपालिका) का आविष्कार सुवेदी तेस्रो भएको शिक्षा विकास तथा समन्वय अधिकारी मतिलाल चपाईंले बताए ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























