- Loading...
असाेज ८ देखी नेपालमा भारी वर्षाको संभावना, पूर्वतयारी गर्न विज्ञको सुझाव

- घनश्याम खड्का
- ३ हप्ता अघि
- १९९ पटक पढिएको
आगामी हप्ता (असाेज ८ गतेदेखी) नेपालमा भारी वर्षाको सम्भावना बढेको छ।
बंगालको खाडीमा विकास भैरहेकाे नयाँ मौसम प्रणाली (चक्रवात/न्यून चापीय प्रणाली) उत्तर तर्फ सर्ने पूर्वानुमान रहेकाेले नेपालमा पनि भारी वर्षाको सम्भावना बढेको छ । तर कुन-कुन स्थानमा बढी असर पर्छ भन्ने कुरा अझै पूर्ण रूपमा पक्का भइसकेको छैन । मौसम पूर्वानुमानका अन्तर्राष्ट्रिय मोडलहरूले फरक-फरक दृश्य देखाएकाले क्षेत्रगत स्पष्टता नभए पनि पूर्वतयारी र उच्च सतर्कता भने अत्यावश्यक रहेकाे माैषमविद्ले बताएका छन ।
विगत ५ वर्षको तथ्याङ्कलाई हेर्दा मनसुन बाहिरिने समय अर्थात् असोज महिनामा भारी वर्षा, बाढी र पहिरोले ठूलो धनजनको क्षति पुर्याउँदै आएको छ। मनसुनको अन्त्यतिर विकसित हुने माैषमी प्रणालीले भयंकर रूप लिने गरेकाे विगतका विनासकारी घटनाहरूलाई बिर्सन नहुने मौसमविद्हरू बताउँछन् ।
मौसम पूर्वानुमान र यसको सम्भावित असरबारे जलवायु तथा मौसमविद् डा. विनोद पोखरेलले सतर्क रहन आग्रह गर्दै सामाजिक संञ्जाल एक्समा लेख्छन, “आर्को हप्ता बंगालको खाडीमा बन्ने सम्भावना भएको चक्रवात नेपालतिरै आउने पूर्वानुमान कायमनै छ तर ठाउँ भने अझै भन्न सकिन्न। अझै पनि पक्का छैन, तर सचेत चाहिँ हुँदै गर्नुपर्छ।”
मौसम विश्लेषणमा प्रयोग हुने दुई प्रमुख विश्वव्यापी मोडलहरू इसिएमडब्लुएफ र जिएफएसले सम्भावित वर्षाको भूगोल र विस्तार फरक-फरक देखाएका छन् । एउटा मोडलले निश्चित क्षेत्रमा बढी केन्द्रित वर्षा देखाएको छ भने अर्को मोडलले अर्कै भागमा असर पर्ने सङ्केत गरेको छ। मोडलहरूबीच यस्तो मतभिन्नता हुनुले चक्रवातको दिशा र तीव्रतामा अझै अनिश्चितता रहेको पुष्टि गर्छ। तर, दुवै मोडलले वर्षाको ठूलो सम्भावनालाई भने नकार्न सकेका छैनन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























