FLASH NEWS
  • Loading...

समाचार लेख्ने भन्दै २४ हजार असुल्ने युट्युबरबारे पत्रकार महासंघले भन्याे, ‘आचारसंहिता विपरीत, सदस्य होइनन्’

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १७९ पटक पढिएको
समाचार लेख्ने भन्दै २४ हजार असुल्ने युट्युबरबारे पत्रकार महासंघले भन्याे, ‘आचारसंहिता विपरीत, सदस्य होइनन्’

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले युट्युब च्यानलका सञ्चालकले ‘समाचार लेखिदिन्छु र अन्तर्वार्ता बनाइदिन्छु’ भन्दै रकम असुल गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटस्थित एक विद्यालयमा कार्यरत बाल कक्षा शिक्षिका रामकुमारी पुनलाई विद्यालय र गाउँपालिकाले अर्को विद्यालयमा सरुवा गरेका थिए। सो सरुवा निर्णयप्रति असन्तुष्ट बनेकी शिक्षिका पुनले विद्यालय, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय र गाउँपालिकाले आफूमाथि अन्याय गरेको भन्दै आफ्नो पक्षमा समाचार लेख्न र अन्तर्वार्तासहितको भिडियो बनाइदिन ‘सुर्योदय न्यूज’ युट्युब च्यानलका सञ्चालक बादल साहीलाई सम्पर्क गरेकी थिइन्।

आफूलाई पत्रकार भनी झुक्याएका साहीले समाचार र भिडियो बनाइदिने बहानामा आफूबाट रकम लिएको भन्दै शिक्षिका पुनले पत्रकार महासंघ म्याग्दीमा निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा महासंघको रोहवरमा दुवै पक्षबीच भएको छलफलमा साहीले शिक्षिका पुन, विद्यालयके भवन निर्माणगरी समयमा भुक्तानी नपाएका मजदुरहरूबाट समेत ‘कन्टेन्ट बनाइदिन्छु’ भन्दै १० हजार क्यूअरबाट र बाँकी नगदसहित २४ हजार रुपैयाँ लिएको स्वीकार गरेका हुन् । पुनले साहीलाइ मालिका गापा केन्द्र रहेकाे दरवाङबाट ७ हजारमा जीप रिजर्भगरी गाउँसम्म पुर्याएकाे तर उल्टै विद्यालयसँग मिलेर समाचार नबनाएकाे अराेप लगाएकी छिन ।

उक्त घटना सार्वजनिक भएपछि पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्मा (गौतम) द्वारा जारी विज्ञप्तिमा महासंघको आधिकारिक धारणा सार्वजनिक हाे । विज्ञप्तीमा समाचार तथा भिडियोको नाममा रकम लिनु पत्रकार आचारसंहिता र पेशागत मर्यादा विपरीत रहेको प्रष्ट पार्दै महासंघमा आबद्ध क्रियाशील पत्रकारहरू आचारसंहिताको पूर्ण पालनामा प्रतिबद्ध रहेको जनाइएको छ ।

त्यस्तै, पत्रकारको आवरणमा झुक्याउने वा गलत काम गर्ने जोकोहीविरुद्ध कानुनी उपचारको प्रक्रियामा जान सर्वसाधारणलाई आग्रह गर्दै सामाजिक सञ्जाल र डिजिटल मिडियामा भाइरल हुने, लाइक र भ्युज कमाउने ध्याउन्नले पत्रकारिताको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको भन्दै महासंघले सञ्चारमाध्यम र सामाजिक सञ्जालका विषयवस्तुको सीमा, भूमिका र आधिकारिकता बुझ्न आम नागरिकमा अपिल गरेको छ ।

महाँसघले आफूलाई पत्रकारका रूपमा प्रस्तुत गर्ने बादल साही नेपाल पत्रकार महासंघको साधारण सदस्य समेत नरहेको महासंघले स्पष्ट पारेको छ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र