- Loading...
विश्वमानचित्र अंकित ग्लाेव वेलुन अनावरणगर्दै जोमसोममा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ सुरू

- घनश्याम खड्का
- ४ हप्ता अघि
- १२८ पटक पढिएको
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङको जोमसोममा दुई दिने राष्ट्रियस्तरको जलवायु परिवर्तन सम्मेलन सुरू भएको छ ।

घरपझोङ गाउँपालिकाको आयोजनामा अज भदौ ३० गते जोमसोममा संघिय सरकारकी कृषी, वन तथा पर्यावरण मन्त्री गीता चैधरीले विश्वमानचित्रके अंकित वेलुन अनावरणगरी ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ उद्घाटन गरिन ।
जोमसोमस्थित कभर्ड हलमा सुरू भएको सम्मेलनमा देशभरका महाँनगर, उपमहानगर, नगरपालिका र गाउँपालिकासमेत ४३१ पालिका र ४१ जिल्ला समन्वय समितिका समेत स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू र जलवायु क्षेत्रका विषयगत विज्ञहरूको उपस्थिति रहेको छ ।
जेमसेम स्थित कवर्डहलमा अयेजित सम्मेलनमा जलवायु परिवर्तनबाट हिमाली क्षेत्र परिरहेका बेला स्थानीय तहहरूमार्फत एकीकृत आवाज उठाउन यो सम्मेलन आयोजना गरिएको आयोजक घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले बताए ।

सम्मेलनमा हिमनदी पग्निने दरमा भएको वृद्धि, फुट्ने जोखिममा रहेका हिमताल, हिमरेखा तथा रुख-रेखाको उचाइ सर्दै जाँदा निम्तिएका पारिस्थितिक प्रणालीका सङ्कटबारे गहन छलफल हुनेछ ।

त्यसैगरी, पूर्वानुमान गर्न नसकिने बेमौसमी हिउँ-पहिरो, सुक्खा पहिरो, खानेपानी तथा सिँचाइ सङ्कट र यसले स्थानीयको कृषि, पशुपालन एवं पर्यटनमा आधारित जीविकोपार्जनमा पारेको नकारात्मक असरबारे अनुभव आदानप्रदान गर्दै देशभरका जनप्रतिनिधि र विज्ञहरूले जलवायु परिवर्तनका कारण सिर्जित प्रकोप र असरहरूको पहिचान गर्दै अनुकूलनका उपाय एवं रणनीतिका विषयमा साझा खाका तयार पार्ने कार्यक्रम छ ।

सम्मेलनको अन्तिम दिन पवित्र कालीगण्डकी नदीको तट र निलगिरि हिमालको काखबाट हिमालीपारिका स्थानीय तहहरूको एकीकृत ‘जलवायु परिवर्तन सम्बन्धी घरपझोङ घोषणापत्र, २०८३’ जारी गर्ने कार्यक्रम छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























