FLASH NEWS
  • Loading...

किरिया सुरु भइसकेको थियो,  चण्डिका जीवितै भेटिइन्

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ११२ पटक पढिएको
किरिया सुरु भइसकेको थियो,  चण्डिका जीवितै भेटिइन्

भदौ १० मा भोटेकोशीमा आएको बाढीले गाउँ नै सोहोरेर लैजाँदा ६४ वर्षीया चण्डिका श्रेष्ठ एकाएक बेपत्ता भइन्। उनीसँगै श्रीमान् आनन्दलालसहित परिवारका ५ जना सदस्यको केही अत्तोपत्तो भएन।

दिनहरू बित्दै जाँदा उनीहरू फर्किने आशा मरेपछि परिवारले अन्तिम विकल्प रोज्यो,  काठमाडौँमा कुशको शव बनाएर दाहसंस्कार गरी किरिया कर्म सुरु गर्‍यो। घरभरि शोक र आँसुको सन्नाटा थियो।

तर बाढी आएको ११ औँ दिन शनिबार एउटा सोच्दै नसोचेको खबर आयो, चण्डिका जीवितै भेटिइन्।

बेत्रावतीमा सडक सफा गर्न खटिएको सशस्त्र प्रहरीको टोलीले घरको भग्नावशेषभित्रबाट कसैले गुहार मागेको मसिनो आवाज सुन्यो।

“हामीले पहिले पनि त्यहाँ खोजी गरेका थियौँ, त्यतिबेला केही सुनिएको थिएन,” उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक सुमन विकले भने, “दोहोर्‍याएर जाँदा भग्नावशेषभित्रबाट कोही कराएको आवाज आएपछि तुरुन्तै लेदो पन्छाउन थाल्यौँ।”

झ्याल फोडेर भग्नावशेषभित्र घिस्रिँदै छिरेको प्रहरी टोलीलाई देख्नेबित्तिकै अँध्यारोमा थुनिएकी चण्डिकाले थप बोल्न र गुहार माग्न थालिन्। टोलीले उनलाई सकुशल बाहिर निकाल्यो।

११ दिनसम्म हिलो र लेदोभित्र अड्किएकी उनलाई तत्कालै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ। अहिले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उनको उपचार भइरहेको छ।

काठमाडौँमा किरियामा बसेका आफन्तले चण्डिका जीवितै भेटिएको खबर पाएपछि तुरुन्तै मृत्यु संस्कारको काम रोके। किरियाको कपडामै उनीहरू हतार-हतार छाउनी पुगेका छन्।

चण्डिकाको जीवितै उद्धार भए पनि उनका श्रीमान् आनन्दलालसहित परिवारका अन्य सदस्य अझै बेपत्ता छन्। अस्पताल पुगेका आफन्तले बाँकी सदस्यको पनि तदारुकताका साथ खोजी गरिदिन सुरक्षा निकायसँग आग्रह गरेका छन्।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र