- Loading...
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढे ठूला कन्टेनर, बेनी–घाँसा सडकमा दुर्घटनाको जोखिम

- घनश्याम खड्का
- १ महिना अघि
- २०० पटक पढिएको
रसुवागढी भन्सार बन्द भएपछि देशका ब्यापारीहरु मुस्ताङको कोरला नाका तर्फ निर्भर बन्न थालेका छन । चीनबाट सामान आयात गर्न कोरला तर्फ लामा तथा ठूला कन्टेनर गाडीहरु यतिबेला कोरला तर्फ दैनिक बाक्लो रुपमा गुड्न थालेका छन ।
तर ठूला सवारी साधनको चाप अनुसार सडकको अवस्था भने अत्यन्त कमजोर छ । कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला २ सय २ किलोमिटरमध्य म्याग्दीमा पर्ने ३३ किलोमिटर क्षेत्र कमजोर भू–बनावट, साँघुरो खोंच र कालीगण्डकीको तीब्र कटानकाकारण अति जोखिमपूर्ण बनेको छ ।
ठाउँगाउँमा सडक मर्मत जारी रहेको, तलबाट कालीगण्डकीको कटान र माथिबाट पहरा फुटेर खस्नेक्रम नरोकिँदा यो ३३ किलोमिटर सकसपूर्ण र जोखिमयुक्त बनेको छ । अर्कातिर सोह्रश्राद्ध सुरु हुँदैछ ।
मुक्तिनाथ र कागवेनीमा श्राद्धकालागी जाने भक्तजन, पर्यटकीय सिजनमा मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाहृय पर्यटक बोकेका सवारी साधन, पाक्ने सिजन सुरु भएसँगै स्याउ बोक्ने ट्रक र दशैंकालागी झारिने भेडाच्याङग्राको लस्कर एकैपटक थपिँदै छन ।
यस्तो अवस्थामा कमजोर र साँघुरो सडकले सवारीको अभूतपूर्व चाप थेग्न हम्मेहम्मे पर्नेछ । भने यात्रुहरु घन्टौं जाममा मस्ने समस्या झेल्नु पर्ने प्रायःनिश्चित देखिएको छ ।
यसरी एकैपटक ठूला कन्टेनरहरु, चीनबाट ल्याइने इभी गाडीका लस्कर, यात्रुबाकक सानाठूला सवारीसाधनहरु, कृषी उपज बोकेका ट्रकको लस्कर लाग्दा साघुरो र पहिरोग्रस्त बेनी–घाँाँ सडक खण्डले चाप थेग्न धौ–धौ परेको छ । भने दुर्घटनाको जोखिमसमेत निकै बढेको छ ।
मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट दैनिक चार दर्जनबढी मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ। कोरलानाकातर्फ जाँदै गर्नुभएका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरलानाकातर्फ ‘डाईभर्ट’ भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिए।
कोरलानाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२/०८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो। चालु आवको पहिलो साउन महिनामा रु २९ करोड राजस्व संकलन गरेको थियो। मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























