- Loading...
उपल्लाे मुस्ताङमा दुइ दर्जनबढी हिमताल

- घनश्याम खड्का
- १ हप्ता अघि
- १६९४ पटक पढिएको
ग्लोवल वार्मिङको प्रभावले कालीगण्ककी जलाधार क्षेत्रको उद्गमस्थल उपल्लो मुस्ताङमा तापक्रम वृद्धी र बर्षाको बदलिँदो प्रवृत्तिले हिमताल विष्फोटन, हिमनदी विचलन र पर्माफ्रोष्ट पग्लने जोखिमलाई उच्च बनाईदिएको छ ।
गत वर्ष लोमन्थाङ नजिक च्छुहामा खोलामा आएको हिमताल विष्फोटनले कालीगण्डकी नदी वेसिनमा हिमतालको स्थिती, विष्फोटन, पर्माफ्रष्ट पग्लाइले निम्त्याएको नयाँ चुनौति र तल्लो तटीय क्षेत्रमा पर्ने संम्भावित संकटको संकेत गरेको छ ।
इसिमोडकी रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक एवं क्रायोस्फियर विज्ञ फिनु श्रेष्ठका अनुसार मुस्ताङ्गमा सन् १९८७, १९८८, एउटा मिती नखुलेको र पछिल्लो सन् २०२५ मा गरी चार वटा हिमताल विष्फोटनका घट्ना अभिलेख भएका छन ।
लोमन्थाङ, चराङ र घमीवस्तीको पछाडी रहेका विभिन्न हिमालका फेदीमा झण्डै २ दर्जन हिमताल देखिएको इसिमोडले जनाएको छ । तर वैज्ञानिकहरुका अनुसार कुन हिमताल कति बेला विष्फोट हुन्छ किटान गर्न संभव हुँदैन ।
सुरक्षित भनिएका हिमताल फुटेका र जोखिमपुर्ण भनेका ढिलो फुटेका घट्ना पनि भएकोले भुकम्प, आन्तरिक तापक्रम वृद्धि वा अचारनक पहिरो खस्दा हिमताल फुट्ने भैरहन्छ । किनभने हिमनदीको पुछारमा एक पछि अर्को ताल बनेका छन, माथिल्लो फुट्दा तल्लो तालमा पानी ओभरप्mलो भै फुट्ने र तल्लो तटिया क्षेत्रमा विनास निम्त्याउन सक्छ ।

इसिमोडका सल्लाहकार तथा हाइड्र्रोमाइन्डसका एशिया प्रमुख कार्यकारी निर्देशक अरुणभक्त श्रेष्ठ भन्छन, ‘‘तिब्र तापवृद्धीले हिमाली क्षेत्रका हिमनदी र हिमताल छिटो विचलित हुन्छन । तल्लो भागमा चर्को घाम लाग्ने र गर्मी बढ्दा पानीका मुहान सुक्छन तर हिमालमा उल्टो हुन्छ । तापक्रम बढ्दा हिमाल बढी गल्छन, पग्लिन्छन । त्यसको असरले हिमताल र हिमनदी विष्फोटनका घट्ना बढ्न सक्छन । ’’
मुस्ताङका हिमतालहरुको अध्ययन गरेका अध्यया इसिमोडका जलवायु परिवर्तन विशेषज्ञ श्रेष्ठका अनुसार उच्च हिमाली क्षेत्रमा हिमनदी, हिमताल, स्थायीहिमभूमी र उच्च हिमाली जलाधारको नियमित र बैज्ञानिक निगरानीकालागी भू–आधारित उपकरण, जल तथा मौषम तथा जलमापन केन्द्र, उपग्रह आधारित अवलोकन प्रणालीको एकिकतृत गरिनु आवश्यक छ ।
‘‘हिमाली क्षेत्रका खोलाहरुको नियमित र आधुनिक उपकरणबाट निगरानी आवश्यक छ । हिमाली क्षेत्रमा पूर्वाधार विकास तीव्र भैरहेको छ, विधुत, सडक र शहरी विकास जोखिम क्षेत्रमा भएकोले धेरै क्षति हुने संभावना रहन्छ ।’’ श्रेष्ठले बताए ।
वैज्ञानिकहरुका अनुसार पछिल्ला बर्षहरुमा अत्याधिक तापवृद्धीको कारणले हिमतालहरु सतहमा नदेखिने तर ग्लेसियर भित्रभित्रै अदृश्य ताल बन्ने र एक्कासी फुटेर बाढी आउने घट्ना बढेका छन । सन् २०२५ जुलाइ ८ (विस २०८२ असार २४ गते) मा मुस्ताङको छुआमा हिमालको ५ हजार ९ सय मिटरको उचाईमा सुसुप्त हिमताल विष्फोटन भै ५ सय मिटर तल निक्लेको थियो ।

यी हिमताल विष्फोटन मध्य सन् १९८७ सालमा घमीको पछिल्लो भागमा अवस्थित मानसैल हिमाल फेदीबाट नाम नखुलेको हिमताल विष्फोटन भै ठूलो बाढी आएको थियो । यो हिमताल विष्फोटनपछि आएको बाढीले कालीगण्डकीको तल्लो तटियवस्तीमा ठूलो क्षति पुर्याएको थियो । सन् १९८८ सेप्टेम्बरमा पनि छुआमा हिमताल विष्फोटन भै बाढी आउँदा नाम्सुङमा २ जनाको ज्यान लिनुको साथै ३२ परिवार विस्थापित भएका थिए । तटिय क्षेत्रका मुस्ताङ र तल म्याग्दीका सदरमुकाम बेनीसम्मै ठूलो क्षति पुर्याएको थियो ।
‘‘मेरो ६० वर्षको जीवनकालमा कालीगण्डकीमा विस २०४४ र २०४५ सालमा आएको बाढी भिषण र विनासकारी थिए । ४४ सालको बाढीले पुरानो मुस्ताङ सदरमुकाम रहेको दाना र तातोपानी समेत कालीगण्डकी तटका धेरै वस्ती, खेतीयोग्य जमिन बगायो । तातोपानीमा मात्र हेर्दा हेर्दै १६ घर बगाएको थियो’’ अन्नपूर्ण गाउँपालिका, २ भुरुङतातोपानीका पुराना वासिन्दा अनिल हिराचनले भने, ‘‘०४५ सालको कालीगण्डकीमा आएको स्वीस मानवशास्त्री टोनी हागनको प्रशिद्ध नेपाल पुस्तकको आवरणमा राखिएको पृष्ठभुमीमा निलगिरी हिमाल देखिने झोलुङ्गे पुल त्यही बाढीले बगाएको हो ।’’
हिराचनका अनुसार त्यो वेला तीन महिनासम्म मुस्ताङ आवत–जावत विच्छेद भएको थियो । पछिहिउँदमा फड्के हालेर आवतजावत र मुस्ताङमा खाद्यान्न ढुवानी गराइएको थियो ।

हिमालपारी मात्र हैन, हिमालवारी नै अन्नपूर्ण प्रथम हिमालको पश्चिम फेदीमा अर्को एक हिमताल डरलाग्दो गरी चुपचाप विस्तार भैरहेको छ । इसिमोडकी रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक एवं क्रायोस्फियर विज्ञ फिनु श्रेष्ठका अनुसार विगत १२ बर्षको अवधिमा अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल)को आकार ८ सय ४६ प्रतिशतले विस्तार भएको छ ।
तथ्याङ्क अनुसार ताल सन् २०२१ सम्म ०.२१६ बर्ग किमी थियो । त्यसपछि चार बर्षमा ताल विस्तारको तिब्रता डरलाग्दो देखिन्छ । सन् २०२२ देखी २०२५ विचमा तालको क्ष्ँेत्रफल झण्डै दोब्बरले बढेर ०.२८८ बर्ग किलोमिटर पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२३ नेपालमा चार दशक यताकै सवैभन्दा तातो रेकर्ड भएको थियो । यसबाट नेपालको हिमाली क्षेत्रमा उच्च तापवृद्धी भएको देखिएको छ । त्यस्तै, जल तथा मौसम विज्ञान विभागकै रेकर्डमा सन् २०२४ को प्रारम्भ जनवरी–फ्रेवरीमा हिमालय क्षेत्रमा हिमपात अति न्यून भएकोले हिमालय क्षेत्रमा हिउँको मात्रामा भारी कमी आएको थियो ।
नेपालको हिमालय क्षेत्रमा सन् २०२३ मा अत्यधिक तापबृद्धी हुनु र सन् २०२४ मा हिमपातमा अत्याधिक कमी आएको अभिलेख रेकर्ड भएकोले शताब्दीको अन्त्यसम्ममा हिमालय क्षेत्रमा पानीको उपलब्धता उच्च विन्दुमा पुग्ने र क्रमशः घट्दै जाने पूर्वानुमाान मौषमविद्हरुले गरेका छन ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार नेपालमा वार्षिक औसत तापक्रम ०.०५६ डिग्रीले वृद्धि भैरहेको छ । सुन्दा थोरै र सामान्य जस्तो लागे पनि यो स्तरको तापमान वृद्धिले ठूलो असर गर्न थालिसकेको छ । इसिमोडको अध्ययन अनुसार अहिले विश्वको तापक्रम १.१ डिग्री बढ्दा पनि हिमाली क्षेत्रको हिउँ पग्लनेक्रम तीव्र भएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






















