- Loading...
भोटेकोशीमा भीषण बाढी: उपग्रह तस्बिरद्वारा हिम-पहिरो खसेको पुष्टि

- घनश्याम खड्का
- १ हप्ता अघि
- १२४ पटक पढिएको
भोटेकोशी नदी जलधार क्षेत्रमा आएको आकस्मिक तथा विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको भीषण हिम-पहिरो रहेको वैज्ञानिक प्रमाणहरूले पुष्टि गरेका छन्।
चाइनिज एकेडेमी अफ साइन्सेसका हिमनदी, हिमतट तथा वातावरण विश्लेषक चिनियाँ भू-वैज्ञानिक डा. गुओक्सिओङ झेङ लगायत अन्वेषकहरूले संकलन गरेको रिमोट सेन्सिङ तथा उच्च-रिजोल्युसन तस्बिरका आधारमा बाढीको मुख्य स्रोत भोटेकोशीको सहायक नदी (लेन्दे खोला) को माथिल्लो जलाधार क्षेत्र रहेको पुष्टि भएको हो।

कसरी आयो बाढी?
भू-कम्पीय कम्पनका कारण उच्च हिमाली भेगबाट ढुङ्गा र चट्टानसहितको हिम-पहिरो भत्किएर तल रहेको ग्लेसियर (हिमनदी) मा बज्रिन पुगेको थियो। अत्यधिक उचाइ र गतिमा हजारौँ टन तौलको हिउँ खस्दा ती हिमशिलाहरू टुक्रिएर धूलो बनेका थिए। हिउँ र बरफको धूलो तीव्र गतिमा पग्लेर पानीमा परिणत भएपछि ग्लेसियरको हिउँ, माटो र गेग्रान मिसिएर भीषण लेदोमा रूपान्तरण भयो। उक्त लेदो तीव्र गतिमा उपत्यकाको साँघुरो खोँच हुँदै लेन्दे खोला र भोटेकोशी नदी प्रणालीमा मिसिन पुगेको थियो।
यसरी माथिबाट खसेको विशाल पहिरो र गेग्रानले नदीको साँघुरो भागलाई केही समय थुनेर अस्थायी ताल बनाएको थियो। पछि पानीको चाप बढ्दै जाँदा उक्त बाँध अचानक फुट्न गई तल्लो तटमा एकाएक जलस्तर ह्वात्तै बढेर जलप्रलयको रूप लिएको अध्ययनले देखाएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















