- Loading...
जगन्नाथ मन्दिरमा भक्तजनको सिक्री चोरी गर्नेहरू पक्राउ

- पुनहिल डट कम
- २ हप्ता अघि
- ५९ पटक पढिएको
म्याग्दीको बेनी नगरपालिका–५ स्थित जगन्नाथ मन्दिरमा लागेको धार्मिक मेलामा पूजा गर्न आएकी एक महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पक्राउ पर्नेहरूमा बाराको बारागढी गाउँपालिका–३ खोपया बस्ने १९ वर्षका आकाश राय, पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगंज बस्ने १९ वर्षका लालबाबु राय, २६ वर्षका प्रमोद कुमार, २४ वर्षका सुनिल कुमार राय र एक जना नाबालक रहेका छन्। पक्राउ परेका नाबालकलाई भने थुनामा नराखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भाद्र ८ गते बिहान ११ बजे जगन्नाथ मन्दिरमा पूजा गर्ने क्रममा बेनी–५ चिप्लेटी बस्ने ५९ वर्षकी भद्र कुमारी कार्कीले घाँटीमा लगाएको अन्दाजी ३५५ लालको सुनको सिक्री चोरी भएको सूचनाके अधारमा प्रहरीले स्थानीयको सहयोगमा भदौ ९ गते दिउँसे भाग्दै गरेको अवस्थामा अर्थुङ्गे नजिकैबाट नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले पक्राउ परेकाहरूमाथि चोरी मुद्दामा म्याग्दी जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनीहरू यसअघि पनि अन्य जिल्लाहरूमा चोरी मुद्दामै संलग्न रहिसकेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






















