- Loading...
बेनी-जोमसोम सडकमा गाडी हाँकेर मुस्ताङ पुगे प्रधानमन्त्री बालेन शाह , तातोपानीमा खाए खाना

- पुनहिल डट कम
- १ महिना अघि
- १६१ पटक पढिएको
म्याग्दीकाे रघुगंगा गाउँपालिका, २ स्थित सिरूवारी पहिराे पार गर्दै प्रधानमन्त्री वालेन शाह सवार सेताे गाडी अगाडी र टाेलीहरू सवार गाडीहरू ।
बेनी-जोमसोम सडक खण्डका दर्जनाैं पहिराेग्रस्त तथा जाेखिमपूर्ण सडकमा सेतो गाडी हाँकेर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मुस्ताङ पगेका छन।
निजी धार्मिक तथा पारिवारिक भ्रमणका क्रममा म्याग्दीको सदरमुकाम बेनी हुँदै प्रसिद्ध धार्मिक स्थल मुस्ताङका लागि निस्कनुभएका शाह दिउँसाे ४ बजे टोलीसहित मुस्ताङ पुगेका छन ।
शनिबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ स्थित प्रसिद्ध पर्यटकीय स्थल तातोपानीमा रहेको हटस्प्रीङ होटेलमा शाहसहितको टोलीले बिहानको खाना खाएको थियो। खाना खाएलगत्तै टोली पुनः मुस्ताङतर्फ अघि बढेको हो।

विहानकाे खानापछि हाेटलबाट निक्लदै प्रधानमन्त्री शाह सवार गाडीसमेत टाेली
काठमाडौँबाट शुक्रबार सडकमार्ग हुँदै पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार बिहान बेनी–जोमसोमको अप्ठ्यारो सडकहुँदै गाडीमा मुस्ताङतर्फ प्रस्थान गरेका थिए। भ्रमणलाई पूर्णतः निजी र पारिवारिक राखिएको भन्दै यात्राका क्रममा सर्वसाधारण, स्थानीय अधिकारी तथा सञ्चारकर्मीहरूसँग दूरी बनाएर गाडी हुइँक्याएका थिए ।
भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ लगायतका सीमित सदस्यहरू सहभागी हुनुहुन्छ। यात्राका क्रममा बेनी-जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो पन्छाउँदै टोली अघि बढेको थियो। तर प्रधानमन्त्री शाह सडकमा रहेका कुनै पनि पहिराे, सडक किनाराका ताताेपानी कुण्ड तथा झरनाहरू पनि अवलाेकन गर्न गाडीबाट नझरी एकनास हुँइकीरहे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो भ्रमण पूर्णतः व्यक्तिगत धार्मिक अनुष्ठान (मुक्तिनाथ दर्शन) का लागि भएको र कुनै पनि औपचारिक सरकारी कार्यक्रम तय नगरिएको जनाएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























