- Loading...
पहिरोले बेनी–जोमसोम सडक बन्द, बेनी–दरवाङ सडकमा पनि यातायात अवरूद्ध

- पुनहिल डट कम
- ३ हप्ता अघि
- ८७ पटक पढिएको
अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने राष्ट्रिय प्राथमिकतातर्फको बेनी–जोमसोम कोरला राजमार्ग अाइतवार बिहानैदेखि पूर्ण रूपमा ठप्प भएको छ । यस सडककाे सिरूवारीमा दैनिक राती पहिराेले सडक अवरूद्ध पार्ने र विहान सफा गर्ने दैनिकी नै बनेकाे छ ।
राजमार्गका विभिन्न तीन स्थानमा खसेको लेदो पहिरो र सडक कटानका कारण कालीगण्डकी करिडोरको यातायात सम्पर्क विच्छेद भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरोले सडकको ‘बेश’ (जग) नै बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ । त्यस्तै, सोही राजमार्गको रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा सडक माथिबाट खसेको लेदो माटो र पहिरोले बाटो पुरेको छ । यता अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रूप्से झरना नजिकै पनि ठूलो पहिरो खसेर सडक थुप्रिएकोले यातायात अवरूद्ध छ ।
यसैगरी, पश्चिम म्याग्दी जोड्ने बेनी–दरवाङ भित्री सडक खण्ड पनि अवरुद्ध भएको छ । बेनी नगरपालिका–४ स्थित घुमाउने भिरमा सडक माथिबाट लेदो पहिरो खस्दा आवगमन ठप्प भएको हो ।
सवै पहिरो पन्छाएर यातायात संञ्चालन गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






















