FLASH NEWS
  • Loading...

युवतीको नक्कली फेसबुक एकाउन्ट बनाई अश्लील सामग्री पोस्ट गर्ने युवक पक्राउ

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १२४ पटक पढिएको
युवतीको नक्कली फेसबुक एकाउन्ट बनाई अश्लील सामग्री पोस्ट गर्ने युवक पक्राउ

म्याग्दीकी एक युवतीको नक्कली (फेक) फेसबुक एकाउन्ट बनाई अश्लील तस्बिर तथा भिडियो पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–१ स्थायी ठेगाना भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२, नौडाँडा बस्दै आएका ३२ वर्षीय मनिष रसाइली रहेका छन्।

व्यक्तिगत तथा गोप्य भिडियो र तस्बिरहरू फेक एकाउन्टमार्फत सामाजिक सञ्जालमा पोस्ट गरी मानसिक तनाव दिने गरेको भन्दै पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो।

सूचना अधिकारी तिमिल्सिनाका अनुसार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय बगर (कास्की) सँगको समन्वयमा रसाइलीलाई २०८३ साउन २८ गते साँझ करिब ६ बजे नौडाँडाबाट नियन्त्रणमा लिइ चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालको दुरुपयोग भएको देखिएकाले थप अनुसन्धान अघि बढाइएको छ।

रसाइलीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र