- Loading...
भदौ १२ गते बेनीमा प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ कन्सर्ट हुँदै

- पुनहिल डट कम
- ३ हप्ता अघि
- ७८ पटक पढिएको
लोक तथा सांस्कृतिक संगीतका लोकप्रिय गायक प्रकाश दुतराज अब ब्याण्डसहित सांगीतिक प्रस्तुतिमा देखिने भएका छन् ।
दुतराजको यो नयाँ सांगीतिक यात्राको औपचारिक शुभारम्भ आगामी भदौ १२ गते उनको जन्मथलो म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चबाट हुने भएकाे हाे ।
अहिलेसम्म एकल (सोलो) गायकका रूपमा दर्शकको मन जित्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–५, अर्मनका दुतराजले पञ्चेबाजा, लोक तथा सांस्कृतिक बाजा समावेश गरी तयार पारेको आफ्नो नयाँ ब्याण्ड ‘नयाँ अभ्यास’ को घोषणा गरेका हुन्।
पप र आधुनिक विधाका गायकहरूले ब्याण्ड बनाएर प्रस्तुत हुने परिपाटी भए पनि मौलिक लोकभाका, पञ्चेबाजा र सांस्कृतिक बाजालाई समेटेर ब्याण्ड निर्माण गरिएको यो सम्भवतः पहिलो अभ्यास हो।
म्याग्दीमा आयोजना हुने शुभारम्भ कार्यक्रम पूर्णतः निःशुल्क हुनेछ। बेनीको खुलामञ्चमा लाइभ कन्सर्टसँगै ब्याण्ड प्रस्तुतिको देशका विभिन्न शहरहरू तथा अन्तर्राष्ट्रियस्तरमा समेत यात्रा (वर्ल्ड टुर) गराइने योजना छ।
कार्यक्रम संयोजक तथा मोना (म्याग्दी प्रवासी नेपाली संघ) जन्मभूमिबाटै सुरु हुने यो सांगीतिक कन्सर्टले दुतराजको संघर्ष र सफलतालाई नयाँ उचाइ दिनेछ।
यस कार्यक्रमलाई म्याग्दी उद्योग वाणिज्य संघलगायत स्थानीय सामाजिक तथा व्यावसायिक संस्थाहरूले आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने भएका छन्। केवल सांगीतिक मनोरञ्जन मात्र नभई दुःखी, पीडित तथा विपन्न समुदायको सेवा र सहयोगमा योगदान पुर्याउने उद्देश्यका साथ यो विशेष सांगीतिक यात्राको थालनी गरिएको आयोजकले जनाएको छ।
‘रिमै’, ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’, ‘करिमा’, र ‘मनमाया’ जस्ता थुप्रै सर्वप्रिय लोकगीतका स्रष्टा एवं गायक दुतराजको यो कदमलाई नेपाली लोक संगीत क्षेत्रमा मौलिक बाजा र संस्कृतिको संरक्षण गर्ने एउटा महत्त्वपूर्ण र रचनात्मक प्रयासका रूपमा हेरिएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






















