FLASH NEWS
  • Loading...

म्याग्दीमा सम्बन्ध विच्छेदका मुद्दा धेरै, अधिकांश महिला अंश नलिई छुट्टिन तयार

म्याग्दीमा सम्बन्ध विच्छेदका मुद्दा धेरै, अधिकांश महिला अंश नलिई छुट्टिन तयार

जिल्ला अदालत म्याग्दीमा दर्ता हुने मुद्दामध्ये सम्बन्ध विच्छेद (डिभोर्स) का घटनाहरूको संख्या निकै उच्च देखिएको छ ।

शुक्रवार जिल्ला अदालतमा अयेजित पत्रकार अन्तरक्रिया कार्यक्रममा अदालतका श्रेस्तेदार जगत भण्डारीले सार्वजनिक गरेको आर्थिक वर्ष ०८२/८३ को प्रतिवेदन अनुसार कुल मुद्दामध्ये ठूलो हिस्सा सम्बन्ध विच्छेदकै रहेको पाइएको छ ।

तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या अत्यधिक बढी छ। गत आवमा दर्ता भएका कुल २९८ नयाँ मुद्दामध्ये महिलाबाट २५९ र पुरुषबाट मात्र ३९ थान मुद्दा परेका थिए । अदालतकाे अभिलेख अनुसार आव ०७८/७९ मा २८० थान, आव ०७९/८० मा ३०३, आव ०८०/८१ मा ३०० र आव ०८१/८२ मा ३१४ थान सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए ।

मुद्दाको प्रकृतिबारे बोल्दै जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले अदालतमा आउने अधिकांश महिलाहरू सम्पत्ति वा अंश नलिई, केवल छोराछोरीको संरक्षण आफूले गर्ने सर्तमा मात्रै सम्बन्ध विच्छेद गर्न तयार हुने गरेको बताए ।

महिलाहरू कुनै करकाप, दबाब, प्रभाव वा झुक्यानमा परेर अंश दाबी नगरी मञ्जुर भएका हुन् कि भन्नेमा अदालत गम्भीर बनेको छ । उनीहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्न अंश/सम्पत्तिमा दाबी नगर्ने महिलाका माइती पक्षका बाबा, आमा, दाजुभाइ, मामा वा भरपर्दा आफन्तलाई अनिवार्य रोहवरमा राख्ने गरिएको न्यायाधीश थापाले दावी गरे । यसले महिलामाथि हुन सक्ने सम्भावित अन्याय रोक्न सघाएको अदालतको भनाइ छ ।

अदालतका फैसला कार्यान्वयन गर्नु पछिल्लो समय मुख्य चुनौती बनेको छ । कैद वा जरिवाना ठहर भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन र जरिवाना असुल गर्न प्रहरी, अदालत र स्थानीय तहसम्म लगत पठाइएको छ ।

त्यस्ता व्यक्तिहरू सरकारी सेवा, सिफारिस वा कागजात बनाउन आउँदा सेवा रोक्न र असुलीमा सहयोग गर्न पत्राचार गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अदालतले गुनासो गरेको छ।

पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश थापाले जिल्ला अदालत म्याग्दीको न्यायसम्पादनलाई थप पारदर्शी, निष्पक्ष, छिटोछरितो र वस्तुनिष्ठ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र