- Loading...
पहिरोले १४ मेगावाटको घारखोला जलविद्युत्को पावरहाउस पुरियो, एक बेपत्ता र एक घाइते

- घनश्याम खड्का
- ४ हप्ता अघि
- १७७ पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगर स्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको पावरहाउसमा माथिबाट खसेको पहिरोले ठूलो क्षति पुर्याएको छ। सोमबार राति खसेको पहिरोमा परी आयोजनामा कार्यरत एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन् भने अर्का एक कामदार घाइते भएका छन् ।

पहिरोमा परी पावरहाउसको सुरक्षार्थ खटिएका स्थानीय ५५ वर्षीय खिमबहादुर बरुवाल (दीपक) बेपत्ता भएका हुन्। पहिरोमा परेर कैलालीको गौरीगंगा नगरपालिका-५ घर भई आयोजनामा काम गर्ने ३१ वर्षीय सुरेन्द्र बि.क. घाइते भएका छन् ।
माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका बि.क.को स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बेनी ल्याइएको छ। उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अहिले घट्नास्थलमा स्थानिय जनप्रतिनिधीहरू, स्थानीयवासी, शसस्त्र प्रहरी, नेपाली सेना र प्रहरीसमेत उद्वारकर्ता परिचालित छन ।

राति करिब ३ बजे पावरहाउसको पछाडिपट्टि रहेको ल्यासीको भीरबाट चट्टानसहितको पहिरो खसेको थियो। पहिरोले गार्ड हाउसका साथै पावरहाउसको पछाडिको मुख्य संरचनामा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय भुरुङ तातोपानीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएर उद्धार तथा बेपत्ता बरुवालको खोजी कार्य जारी राखेको छ ।
वि.सं. २०८० असारदेखि व्यावसायिक उत्पादन सुरु गरेको घारखोला जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिका-५ कुरिलाखर्कमा रहेको छ। त्यहाँबाट ३ हजार ५ सय मिटर लामो सुरुङ र १२ सय मिटर पेनस्टक पाइपमार्फत ४ सय ८५ मिटर हेड प्रयोग गरी बेनी–जोमसोम सडकखण्डको पोखरेबगरमा निर्मित विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिँदै आएको थियो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















