FLASH NEWS
  • Loading...

सोसल मिडियामा तपाईंले गर्ने गालीबाट क्रियटरहरू झन मालामाल ! किन लेख्छन उल्टाेपाल्टाे ?

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १०६ पटक पढिएको
सोसल मिडियामा तपाईंले गर्ने गालीबाट क्रियटरहरू झन मालामाल ! किन लेख्छन उल्टाेपाल्टाे ?

पुनहिल डिजिटल डेस्क

सामाजिक सञ्जाल स्क्रोल गर्दा भेटिने अश्लील, भ्रामक वा रिस उठाउने सामग्रीमा तपाईंले लेख्ने गालीगलौजपूर्ण कमेन्टले क्रियटरको गल्ती सच्याउनुको साटो उनीहरूको बैंक ब्यालेन्स बढाइरहेको छ। टेकपानामा प्रकाशित एक रिपोर्ट अनुसार, डिजिटल दुनियाँमा नकारात्मक प्रतिक्रिया नै कन्टेन्ट क्रियटर र प्लेटफर्मका लागि सबैभन्दा बढी पैसा छाप्ने माध्यम बनिरहेको छ।

अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् २०२५ को डिसेम्बरमा ‘रेज बेट’लाई ‘वर्ड अफ द इयर’ घोषणा गरेको थियो, जसको अर्थ मानिसहरूलाई जानाजानी रिस उठाएर नकारात्मक प्रतिक्रिया दिन बाध्य पार्ने सामग्री हो। सोसल मिडियाको एल्गोरिदमले सकारात्मक भन्दा नकारात्मक इंगेजमेन्टलाई बढी महत्त्व दिन्छ। नकारात्मक पोस्टमा मानिसहरूले बढी समय बिताउने र प्रतिक्रिया दिने भएकाले एल्गोरिदमले त्यस्ता सामग्रीलाई थप फैलाउँछ।

फेसबुकको नयाँ मनिटाइजेसन नीति (जस्तै ३१ अगस्ट २०२५ देखि लागू फेसबुक कन्टेन्ट मनिटाइजेसन) पूर्ण रूपमा पर्फर्मेन्समा आधारित छ। यसले पोस्ट वा रिल्सको इंगेजमेन्टका आधारमा क्रियटरलाई भुक्तानी गर्छ। ‘नेगेटिभिटी बायस’का कारण मानिसहरू नकारात्मक घटनातर्फ बढी आकर्षित हुन्छन्, जसको फाइदा उठाउँदै क्रियटरहरूले विवादास्पद सामग्री बनाएर वार्षिक लाखौँ रुपैयाँ कमाइरहेका छन्।

यद्यपि, यस्ता सामग्रीले ब्रान्डको छविमा असर पार्ने भएकाले मेटा जस्ता कम्पनीले विज्ञापनदाताका लागि ‘ब्रान्ड सेफ्टी’ नियन्त्रणहरू पनि ल्याएका छन्। अर्कोतर्फ, एल्गोरिदमको यो जोखिमबाट जोगिन स्थापित क्रियटरहरू अब पेड न्युजलेटर, अनलाइन कोर्स र आफ्नै वेबसाइटतर्फ मोडिँदै छन्।

डिजिटल संसारमा तपाईंको ध्यान र समय नै सबैभन्दा मूल्यवान् वस्तु हो। त्यसैले, जानाजानी रिस उठाउने सामग्रीलाई रोक्ने सबैभन्दा उत्तम उपाय ‘मौनता’ हो, प्रतिक्रिया, शेयर वा कमेन्ट नगर्नु।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र