FLASH NEWS
  • Loading...

आइतबारदेखि फेरी मनसुन सक्रिय हुने, अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १०९ पटक पढिएको
आइतबारदेखि फेरी मनसुन सक्रिय हुने, अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

केही दिनयता मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सरेर नेपालबाट टाढा पुगेकाले देशका अधिकांश भागमा वर्षाको तीव्रता घटेको थियो । तर, आज साँझदेखि मनसुनी प्रणाली पुनः सक्रिय हुँदै आइतबार रातिदेखि मङ्गलबारसम्म देशका धेरैजसो भू-भागमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञानसम्बन्धी अध्ययन गर्ने निकाय तथा विज्ञहरूका अनुसार मनसुनी रेखा पुनः नेपाल नजिक सरिरहेकाले आगामी २–३ दिन वर्षाको मात्रा बिस्तारै बढ्नेछ। केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहे पनि जल तथा मौसमजन्य नक्सा र भू-उपग्रहका तथ्याङ्क अनुसार लामो समयसम्म निरन्तर अति भारी वर्षा हुने सम्भावना भने कम छ।

जल तथा मौसमविद् डा. विनोद पोखरेलले सामाजिक संञ्जाल एक्समा लेखेका छन, गत केही दिन मनसुन ट्रफ नेपालको सीमाभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनी गतिविधि केही सुस्त र वर्षा कम भएको थियो। तर, आज साँझदेखि यो प्रणाली बिस्तारै उत्तरतर्फ सर्दै पुनः सक्रिय हुने क्रममा छ। आइतबार रातिदेखि मङ्गलबारसम्म देशका धेरै ठाउँमा राम्रै भारी वर्षाको सम्भावना देखिएको छ। यद्यपि, कुनै निश्चित स्थानमा केही समय भारी वर्षा भए तापनि लगातार लामो समयसम्म जलप्रलय नै गराउने किसिमको अति भारी वर्षा भने हुने देखिँदैन।”

मौसमविद्हरूले मङ्गलबारसम्म देशका विभिन्न साना-ठूला नदीहरूमा बहाव बढ्न सक्ने र पहाडी भू-भागमा पहिरोको जोखिम रहनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र