- Loading...
म्याग्दीमा दिवंगत पर्वतारोही निर्मल पुर्जा प्रति दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली अर्पण

- घनश्याम खड्का
- ६ दिन अघि
- ५५ पटक पढिएको
विश्व प्रसिद्ध पर्वतारोही तथा कीर्तिमानी आरोही निर्मल पुर्जासहित हिमाल आरोहणका क्रममा दिवंगत भएका पर्वतारोहीहरूको सम्झनामा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित वीरेन्द्रचोकमा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा भएको छ।
सयौँको संख्यामा उपस्थित स्थानीय सर्वसाधारण, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले स्व. पुर्जाको तस्बिर अगाडी मैनबत्ती बालेर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, नेकपा (एमाले) जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीलगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

श्रद्धाञ्जली सभामार्फत म्याग्दीवासीले हालै स्व. पुर्जाको नागरिकताको विषयलाई लिएर उठेका विभिन्न विवाद तथा टीकाटिप्पणीहरूलाई अस्वीकार गरेका छन् । उनीहरूले निर्मल पुर्जा म्याग्दीको माटोमा जन्मेका यस जिल्लाका गौरवशाली सपूत भएको स्पष्ट पार्दै यस्ता अनावश्यक विवादले उनको योगदानलाई अवमूल्यन गर्न नहुने बताए ।
साथै, देश र विश्वसामु म्याग्दीको नाम उचो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका स्व. पुर्जाको योगदानको उच्च कदर गर्दै उनको जन्मस्थानमै पूर्णकदको शालिक स्थापना गर्नुपर्ने माग गर्दै दवाव अभियान सुरू गरेका छन ।

कार्यक्रममा सहभागीहरूले नेपालको पर्वतारोहण क्षेत्रको विकास र अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न स्व. पुर्जाले पुर्याएको योगदान कहिल्यै पनि नमटिने बताएका थिए।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


























