FLASH NEWS
  • Loading...

शोकमा डुब्यो निर्मल पुर्जाको जन्मथलो, अन्नपूर्ण गाउँपालिकाद्वारा भोलि सार्वजनिक बिदाको घोषणा

शोकमा डुब्यो निर्मल पुर्जाको जन्मथलो, अन्नपूर्ण गाउँपालिकाद्वारा भोलि सार्वजनिक बिदाको घोषणा

आधुनिक पर्वतारोहणका एक युगपुरुष, विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा जो संसारकै गहिरो गल्छीमा जन्मिए, अग्लो हिमालमा पुगेर अस्ताए ।

विश्वको सातौं अग्लो धौलागिरी (८१६७) र दशौं अग्लो अन्नपूर्ण (८०९१ मी.) हिमालको विचमा बनेको संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा अवस्थित अन्नपूर्ण गाउँपालिका, ३ दानामा जन्मिएका किर्तिमानी पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको काराकोरम हिमशृंखला अन्तर्गत विश्वको १२औं अग्लो ब्रोद पीक (८०४७ मी.) हिमालमा पुगेर अस्ताएका छन्।

विश्व पर्वतारोहण इतिहासमा अदभुत पहिचान बनाउन सफल प्रसिद्ध पर्वतारोही पर्वतारोहणका युगपुरुष निर्मल पुर्जा (निम्सदाइ) को पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा गएको हिउँपहिरो (Avalanche) मा परी गत साउन १६ गते निधन भएको हो। पुर्जासहितको १० सदस्यीय आरोहण दल साउन १४ गते बिहान हिउँपहिरोमा परेको थियो । उनको असामयिक निधनले सिंगो देश र विश्व पर्वतारोहण समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ।

विश्वप्रसिद्ध पर्वतारोही पुर्जाको निधनको खबरसँगै उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दाना लगायत म्याग्दी जिल्ला र देश नै गहिरो शोकमा डुबेको छ। यसैबीच, उनको निधनप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै पुर्जाके गृहपालिका अन्नपूर्ण गाउँपालिकाले भोलि साउन १८ गते सोमबार गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनद्वारा जारी सूचनामा भनिएको छ, “यस दुःखद घडीमा दिवंगत हुनु भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै मिति २०८३ साल साउन १८ गते सोमबार अन्नपूर्ण गाउँपालिका अन्तर्गत अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

विसं २०४० साल साउन १० गते बाबु नन्दबहादुर र आमा पूर्णकली पुर्जाको कोखबाट जन्मिएका निर्मल पुर्जा तीन दाजुभाइ र एक दिदीबहिनीमध्ये कान्छा हुन्। म्याग्दीको दानामा जन्मिए, पछि उनको परिवार चितवनको रत्ननगरमा बसाइ सरेको थियो। चितवनको नारायणगढस्थित स्मल हेभेन स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनी बेलायती सेनामा भर्ती भएका थिए। उनले पछिल्लो समय जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआवासीय नेपालीका रूपमा नागरिकतासमेत लिएका थिए।

साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्ने स्वर्गीय पुर्जाले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पुर्याउन र नेपाली पर्वतारोहीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न पुर्याएको योगदान सदैव स्मरणीय रहनेछ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र