FLASH NEWS
  • Loading...

मनसुन थप सक्रिय हुने संकेत, आगामी सातादेखि भारी वर्षाको जोखिम

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ८७ पटक पढिएको
मनसुन थप सक्रिय हुने संकेत, आगामी सातादेखि भारी वर्षाको जोखिम

नेपालमा आगामी सातादेखि मनसुन थप सक्रिय हुने संकेत देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको दैनिक पूर्वानुमान, भारतको मौसम विभागको विस्तारित मौसमी विश्लेषण तथा मौसमविद्हरूको अध्ययनले मनसुन प्रणाली क्रमशः उत्तरतर्फ सर्ने र त्यससँगै देशका धेरै स्थानमा वर्षा बढ्न सक्ने देखाएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि कोशी, बागमती, गण्डकी लगायतका प्रदेशका विभिन्न स्थानमा मेघगर्जन–चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, मनसून ट्रफ नेपालबाट टाढा रहेकाले पहाडी भेगमा वर्षा हुँदा पनि तराईका धेरै ठाउँ सुख्खा छन्। अर्को हप्ता मनसून ट्रफ नजिक आउने र नेपालभरि वर्षा हुने देखिन्छ। साथै केही ठाउँमा भारी वर्षा हुन सक्छ। काठमाडौं लगायत पहाडी भेगमा भने दैनिक वर्षा जारी रहन्छ।”

भारतको मौसम विभागले जुलाई ३० मा सार्वजनिक गरेको विस्तारित पूर्वानुमानमा पनि मनसुन ट्रफ साताको पहिलो भागमा सामान्य अवस्थाभन्दा दक्षिणतिर रहने र त्यसपछि क्रमशः उत्तरतर्फ सर्ने उल्लेख गरेको छ।

नेपालका लागि प्रत्यक्ष पूर्वानुमान नभए पनि यो प्रणाली उत्तरतर्फ सर्दा हिमालयको फेदीसम्म मनसुन सक्रिय हुने सम्भावना बढ्ने मौसमविद्हरू बताउँछन्।

मौसम विज्ञानका अनुसार मनसुन ट्रफ मनसुनका बेला बन्ने न्यून वायुदाबको लामो क्षेत्र हो। यही क्षेत्रमा हावा एकअर्कातर्फ तानिन्छ, माथि उठ्छ र त्यसबाट वर्षा गराउने बादल विकास हुन्छ। यो प्रणाली उत्तरतर्फ सर्दा वर्षा हुने क्षेत्र पनि उत्तरतर्फ सर्ने भएकाले नेपालमा मनसुन सक्रिय हुने सम्भावना बढ्छ।

यससँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त दक्षिणी हावा निरन्तर नेपाल प्रवेश गर्छ। यी भिजेका हावाहरू पहाडी क्षेत्रमा पुगेर एकै ठाउँमा जम्मा हुने प्रक्रियालाई आर्द्र अभिसरण भनिन्छ। त्यसपछि महाभारत र हिमालय पर्वतमालाले हावालाई माथितिर उकास्छन्। माथि पुगेपछि हावा चिसिँदै जलवाष्प संघनित हुन्छ र बाक्ला वर्षे बादल बन्छन्। यसलाई ओरोग्राफिक लिफ्ट भनिन्छ। यही कारण नेपालका मध्यपहाडी क्षेत्रमा छोटो समयमै भारी वर्षा हुने सम्भावना रहन्छ।

गण्डकीमा बढी सतर्कता

म्याग्दी, कास्की, पर्वत, बागलुङ, लमजुङ र गोरखा लगायतका जिल्लामा लगातार वर्षा भए पहिरो, गेग्रान बहाव तथा साना खोलामा आकस्मिक बाढीको जोखिम बढ्न सक्छ । कालीगण्डकी, म्याग्दी, मोदी र मर्स्याङ्दी नदीका जलाधार क्षेत्रमा परेको वर्षाले तल्लो तटीय क्षेत्रमा नदीको बहाव बढाउन सक्ने भएकाले स्थानीय प्रशासनले मौसम र नदीको अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरेको छ ।

विज्ञहरूका अनुसार ७–१० दिनभन्दा लामो अवधिको मौसम पूर्वानुमानलाई निश्चित भविष्यवाणीका रूपमा नभई सम्भावनाको संकेत का रूपमा बुझ्नुपर्छ ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र