FLASH NEWS
  • Loading...

ब्रडपिक हिमपहिरोमा परी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा निधन

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • २३७ पटक पढिएको
ब्रडपिक हिमपहिरोमा परी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा निधन

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सडाई) को पाकिस्तान स्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी दुःखद निधन भएको छ।

निम्सडाई फाउन्डेसनको आधिकारिक फेसबुक पेजमार्फत जारी गरिएको शोक वक्तव्यमा उनको र उनीसँगै अभियानमा रहेका अन्य सदस्यहरूको निधन भएको पुष्टि गरिएको हो।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिअनुसार ब्रड पिकमा गएको हिमपहिरोमा परेर निर्मल पुर्झासहित उनका विश्वासिला क्लाइम्बिङ पार्टनर तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पाले पनि ज्यान गुमाएका छन्। उनीहरूसँगै अभियानका अन्य सदस्यहरू पनि यो दुर्घटनाबाट जीवित बच्न सफल नभएको जनाइएको छ।

विश्व पर्वतारोहण क्षेत्रमा साहस, विनम्रता र अद्भूत नेतृत्वको प्रतीक बनेका पुर्जाले मानव क्षमताको सीमालाई तोड्दै धेरैलाई ठूला सपना देख्न प्रेरित गरेका थिए। उनको दूरदृष्टि र दृढसंकल्पले ‘एलिट एक्सपिड’, ‘निम्सडाई फाउन्डेसन’, ‘स्काइ डाइभ निम्सडाई’ र ‘निम्सडाई स्टोर’ जस्ता संस्थाहरू स्थापना भएका थिए।

घटनाप्रति गहिरो शोक व्यक्त गर्दै फाउन्डेसनले पीडित परिवार, आफन्त र प्रियजनहरूप्रति समवेदना प्रकट गरेको छ तथा यस कठिन परिस्थितिमा उद्धार कार्यमा खटिने सबैप्रति कृतज्ञता ज्ञापन गर्दै परिवारहरूको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ। सम्बन्धित अधिकारीहरूबाट आधिकारिक रूपमा पुष्टि भएका विवरणबाहेक अन्य थप टिप्पणी नगरिने पनि जनाइएको छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र