FLASH NEWS
  • Loading...

हिमपहिराेमा परी निर्मल पुर्जासहित १० जना पर्वताराेही सम्पर्कविहीन

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ९१ पटक पढिएको
Post Thumbnail

पाकिस्तानको काराकोरम हिमशृंखलास्थित विश्वको १२ औँ अग्लो हिमाल ब्राेड पीक मा गएको हिपहिरोमा परी विश्वचर्चित कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्सदार्इ) सहित १० जनाको टोली सम्पर्कविहीन भएको छ।

पाकिस्तान पर्वतारोहण संघ (अल्पाइन क्लव अफ पाकिस्तान) र विविसी, इन्डियन एक्सप्रेस समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए अनुसार ८,०४७ मिटर उचाइको उक्त हिमालमा बिहीबार (जुलाई ३०) मध्याह्नको समयमा हिमपहिरो गएको थियो। हिमपहिरोपछि उक्त आरोहण दलसँगको सबै किसिमको सम्पर्क टुटेको अधिकारीहरूले पुष्टि गरेका छन्।

अल्पाइन क्लव अफ पाकिस्तानका अनुसार नेपाली किर्तिमानी अरेही निर्मल पुर्जाले नेतृत्व गरेके टोलीमा ५ जना नेपाली पर्वतारोहीहरूसहित एक अमेरिकी (मालोरी गेइस), एक चिनियाँ (मिस्टर वाङ), एक ओमानि (नाथिरे), एक पाकिस्तानी नागरिक (सोह्रिल साखी) र अन्य एक विदेशी नागरिक गरी कुल १० जना रहेका छन्।

घटनालगत्तै पाकिस्तान पर्वतारोहण संघ, सरकार तथासम्बद्ध उद्धार निकायहरूले आपतकालीन  खोजी सुरू गरेकाे समाचारहरूमा उल्लेख गरिएकाे छ । हेलिकप्टरमार्फत उद्धार टोली परिचालन गर्ने प्रयास भइरहेको र अवस्थाबारे आधिकारिक विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएकाे समाचारहरूमा उल्लेख छ।

केही दिन अघि मात्रै बिना अक्सिजन गशेरब्रम-२ को सफल आरोहण गरेका पुर्जा आफ्नो ‘ह्याट-ट्रिक प्रोजेक्ट’ अन्तर्गत ब्राेड पीकको आरोहणमा थिए। उनको सुरक्षा र सकुशल उद्धारका लागि पर्वतारोही समुदाय तथा शुभचिन्तकहरूले चिन्ता व्यक्त गरेका छन्।

घटनाबारे थप विवरण आउने क्रममा रहेको छ।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र