- Loading...
म्याग्दी क्याम्पसले बाँड्याे ११ लाख १० हजारबढी छात्रवृत्ति, सरकारी अनुदान नआउँदा समुदायमा थप अार्थिक भार बढ्दै

- पुनहिल डट कम
- १ महिना अघि
- २११ पटक पढिएको
सामुदायीक प्रयासमा स्थापित म्याग्दी बहुमुखी क्याम्पसले प्रध्यापक/शिक्षक, कर्मचारी तथा प्रशासनिक खर्चका लागि सरकारी आर्थिक अनुदान नआउने हुँदा समुदायबाट संकलित चन्दा र विद्यार्थीको शुल्कमा भर पर्नुपर्ने बाध्यता झेल्दै आएको छ ।
अर्थिक कठिनाइका विच पनि क्याम्पसले गत शैक्षिक सत्रमा ११ लाख १० हजार रुपैयाँभन्दा बढी छात्रवृत्ति वितरण गरेको छ । छात्रवृत्ति वितरणतर्फ शैक्षिक वर्ष २०८२/२०८३ मा क्याम्पसमा अध्ययनरत १५८ जना विद्यार्थीहरूलाई कुल ११ लाख १० हजार रुपैयाँ नगद छात्रवृत्ति वितरण गरिएको छ।
क्याम्पस प्रमुख श्रीधर सुवेदीका अनुसार क्याम्पसले हरेक वर्ष कुल विद्यार्थीको १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । नियमित उपस्थिति, परीक्षा सहभागिता र विपन्नतालाई प्राथमिकता दिएर वितरण गरिएको उक्त छात्रumवृत्तिले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन पुग्ने विद्यार्थीहरूलाई ठूलो राहत पुगेको क्याम्पसले जनाएको छ।
विश्वविद्यालय अनुदान आयोगबाट वि.सं. २०७६ मा अन्तर्राष्ट्रियस्तरको मान्यता (QAA) प्राप्त गरेको यस क्याम्पसले हाल दोस्रो पटक क्यू एए मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको जनाएको छ। क्याम्पसमा हाल कक्षा ११, १२ देखि स्नातकोत्तर तहसम्म विए, विविएस, विएड, विअइसिटीइ, एमविए र एम.एड कार्यक्रमहरू अध्ययन भइरहेका छन्।
तर, सरकारबाट शिक्षक, कर्मचारी तथा प्रशासनिक खर्चका लागि कुनै पनि अनुदान नपाउँदा क्याम्पस सञ्चालनमा गम्भीर आर्थिक संकट उत्पन्न भएको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट उच्च शिक्षाको क्षेत्रमा पर्याप्त सहयोग हुन नसकेको गुनासो गर्दै क्याम्पसले यस क्षेत्रको शैक्षिक सबलीकरणका लागि तीनै तहका सरकार, स्थानीय तह, अभिभावक र दातृ निकायहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्न हार्दिक अपिल गरेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






















