- Loading...
कालीगण्डकीमा पहिरोको जोखिम, ०७२ सालको वैंसरी पहिरोको जस्तै संकेत

- घनश्याम खड्का
- २ हप्ता अघि
- ११९० पटक पढिएको
अन्नपूरण् गाउँपालिका, ६ घारको भीरकाटे–टिम्मुरे खण्डको ‘‘चिकेन नेक’’ जस्तो साँघुरो क्षेत्रमा अग्लो पहराबाट सुख्खा पहिरो झर्न थालेको छ ।
स्थानीयवासीले उल्लेख गरे अनुसार घारको जुकेपानीहुँदै झर्ने टिम्मुरे झरना छेउको अग्लो पहाडको विचबाट निरन्तर पहिरो खस्न थालेकोले बेनी–जोमसोम सडक र कालीगण्डकी नदी पहिरोको उच्च जोखिममा परेको हो ।
अन्नपुर्ण गाउँपालिका उपाध्यक्ष दीवाकुमारी पुनले पहिरोको भिडियो सामाजिक संञ्जाल फेसवुकबाट शेयर गर्दै जोखिम बढेकोले सतर्क रहन आग्रह गरेकी छिन । पहिरो खस्न लागेको पहरादेखी माथिल्लो भुगोलको राम्रो जानकारी राख्ने स्थानीय गुरुप्रसाद खत्रीका अनुसार अहिले पहिरो खस्यो भन्ने भीरको माथी टुप्पोमा पर्ने खोपको तल्लोखण्डमा धेरै वर्षपहिला देखी ४–५ हात फाटेर बसेको छ । तर धेरै वर्षदेखी नचलेकाेले पहिराे खस्ने नखस्ने भन्न सकिन्न ।
‘‘खोपको तल्लो डिल, टिम्मुरे झरनाको माथिल्लो खण्डमा भीर धजा परेको छ । करिव १ महिना अघि पनि त्यही ठाउँमा पुगेको थिएँ, थप पहिरोको संकेत थिएन, आजभोली वर्षाले पहिरो झर्न सक्छ’’ खत्रीले बताए ।
१६ घन्टाबढी समय कालीगण्डकी नदी थुन्नेगरी ०७२ सालमा रघुगंगा गाउँपालिका, २ राखु बैसरीपारीको पारी काफलडाँडाको पहिरो खस्नु अघि पनि यसरी नै पहराको विचबाट थोरै थोरै पहिरो खसेको थियो । यसरी पहिरो खस्न थालेको २४ घन्टाभित्रै ढुलो पहिरो खसेको थियो ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक तथा पृथ्वी विज्ञान विषयमा विद्यावारिधी, कालीगण्डकी क्षेत्रको टेक्टोनिक भूआकृति, पहिरो तथा पर्वतिय वातावरणमा अनुसन्धान गरेका डा.वसन्तराज अधिकारीका अनुसार लेतेदेखी तल तिप्ल्याङसम्मको खोंच ‘फिलाइट’ नामक कमजोर चट्टानी भीर पहिरोको ‘डेन्जर जोन’ मा छ ।

३० किलोमिटरमा ९ वटा ठूला पहिरा
कालीगण्डकी नदी किनारैकिनार निर्माण गरिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकको गलेश्वर–घाँसासम्मको करिव ३० किलोमिटर सडक खण्डमा कम्तीमा ९ वटा ठूला र जोखिमयुक्त पहिरा पहिचान गरिएका छन ।
डा.बसन्तराज अधिकारीका अनुसार लेतेदेखी तल तिप्ल्याङसम्मकै भुगोल संवेदनशील छ । डा.अधिकारी भन्छन, ‘‘पहाडहरु धेरै टिक्रिएका, ढुङ्गामाटो मिसिएको खुकुला छन । यस्तो ठाउँ बाढीपहिरो उच्च जोखिम रहन्छ ।’’ उनले थपे, ‘‘बेनी–जोमसोम सडकको तिप्ल्याङ–तातोपानी खण्डमा रकफल (पहाड फुटेर खस्ने) भै कालीगण्डकी नदी थुनिने र ताल बन्न सक्छ ।’’
कालीगण्डकी करिडोर आयोजनाले जियोलोजिष्टसमेत विभिन्न विषयका २० जना विज्ञ परिचालन गरी बेनी–घाँसासम्मको पहिराहरुको भुगर्भीक अध्ययन गराएको थियो । सोही विज्ञहरुको टोलीले ३५ किलोमिटर सडक खण्डका वैसरी पहिरो, सिरुवारी पहिरो, गुईठेपहिरो र खामभित्ता पहिरो समेत ९ वटा पहिरोलाई ‘अति जोखिमपूर्ण’ पहिरा पहिचान गरेको हो ।
कालीगण्डकी करिडोर आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार बेनी–जोमसोम सडकका पहिरो अध्ययन टोलीले जोखिमयुक्त पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेनदेखी रिटेनिङवाल, ब्रेष्टवाल, क्यास्केटिङवाल, रक एङ्करिङ, स्वायल नेल, वायोइन्जिनियरिङ समेत पहिरो उपचार विधी सुझाए अनुसार पहिरो रोकथामका काम सुरु गरिएको छ ।
त्रिचन्द्र कलेजका भुगर्भशास्त्रका अध्यताहरुले बेनी–लेतेसम्मको ३३ किलोमिटर सडक खण्डमा गरेको पहिरो जोखिम सम्मबन्धी गरेको भौगर्भिक अध्ययन रिपोर्ट ‘‘पश्चमि नेपालको म्याग्दी–मुस्ताङ जिल्लाको बेनी–लेते सडक खण्डमा पहिरो जोखिम नक्साङ्कन ( ीबलमकष्मिभ ज्बशबचम ःबउउष्लन ब्यिलन तजभ द्यभलष्(ीभतभ च्यबम क्भअतष्यल, ःथबनमष्(ःगकतबलन म्ष्कतचष्अतक, ध्भकतभचल ल्भउब ि)’’ मा उल्लेख भए अनुसार सन् २००६ देखी २०२२ सम्म सो खण्डमा गुगल अर्थका तस्वीर विश्लेषण गर्दा यस खण्डमा १ सय ५६ वटा पहिरो पहिचान भएको उल्लेख छ ।
आयोजनाका इन्जिनियरहरुका अनुसार भीरपहराबढी भएको यस क्षेत्रमा सडक खन्दा अतिबढी रक ब्लाष्टिङ भएको तर विष्फोटन पछि गरिनु पर्ने ट्रिटमेन्ट नभएकोले बर्षेनी भीरपहरा फुटेर खस्ने, ‘रक फल’ समस्या देखिनुको प्रमुख एक कारण हो । आयोजनाले आज भोली पनि कालीगण्डकी नदीले बनाएको सवैभन्दा साँघुरो गल्छीमा अंग्रेजी अक्षरको सी आकारमा रहेको सडक विस्तार गर्न विष्फोटन भैरहेको छ ।
कालीगण्डकीमा खसेका ठूला पहिरो इतिहाँस
वैज्ञानिकहरुले कालीगण्डकी नदी जलाधारमा हुने जोखिमको इतिहाँस खोज्नेक्रममा सोही जलविभाजन रेखा क्षेत्रमा एक लाख २० हजार वर्षअघि विशाल ताल बनेको, उक्त ताल ३० हजार बर्ष अघि विष्फोटन भएको र तालको पानी पुरै बग्न १० हजार बर्ष लागको उल्लेख गर्दै सोही बाढीले कालीगण्डकी जलाधारमा नयाँ भौगोलिक संरचना निर्माण गरेको उल्लेख गरेका छन ।
मुस्ताङको घा“सादेखी तल म्याग्दी सदरमुकम बेनीसम्मको झण्डै ३३ किलोमिटर खण्डमा अघि पटक–पटक पहिरो झर्ने र नदी कालीगण्डकी नदी थुनिएका रेकर्ड छन । सदरमुकाम बेनीवासीको अनुभवमा २०१४ सालमा पर्वतको मल्लाजको फड्केढुङ्गामुनी ठूलो पहिरोले कालीगण्डकी नदी थुनिएको थियो ।
०५५ साल असोज १० गते साविक शिख गाविसको गोगनपानी भिर भत्केर भुरुङतातोपानी बजार पुरिनुको साथै कालीगण्डकी नदी १० घन्टा थुनिदा तातोपानीका कम्तीमा एउटा विद्यालय, प्रहरी चौकी, श्वास्थ्य चौकी, बैंक, कम्तीमा २५ भन्दाबढी पर्यटन होटल, कपडा, खाद्यान्न समेत पसलहरु र सर्वसाधारणका घरहरु धुरीसम्मै पुरै डुवेका थिए ।
त्यस्तै ०४७ सालमा तत्कालिन हिस्तान गाविसको पैहथाप्ला मुनीबाट झरेको पहिरोले भगवनीको कुनौटो नजिक केही घन्टा कालीगण्डकी थुनेको थियो ।
०७२ जेठमा साविक राम्चे गाविसको काफलडा“डाको भीर भत्केपछि कालीगण्डकी नदी किनारामै अवस्थित भगवती गाविस, २ को वैसरीका २२ वटाघरसमेत वस्ती पुरै पुर्नुको साथै कालीगण्डकी नदी १६ घन्टासम्म थुनिएको थियो ।
कालीगण्डकीमा अहिले म्याग्दी–मुस्ता¨ सिमा क्षेत्रको बा“दरजु¨ भीर, दानाको गुईठे क्ष्ँेत्रको भीर, भुरु¨को तातोपानीको भीर, घारखोलाको नेपाने भिर, घारको टिमुरेभिरमा ठूला पहिरो खस्ने र कालीगण्डकी नदी थुनिने जोखिम छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


























